|
|
आयोगले सरकारी निकायकै प्रत्यक्ष संलग्नतामा सीमा क्षेत्र तस्करीको अखडा बन्दै गएको ठहर गरेको हो। राजधानी दैनिकमा समाचार छ।
तराई आन्दोलन र भारतीय नाकाबन्दीपछिको अवस्था अनुगमन गर्न पश्चिम तराईमा खटिएको मानव अधिकार आयोगको टोलीले तीन ओटा नाका जोडिएका जिल्लामा अनुगमन गरी यस्तो ठहर गरेको हो । आयोगका सदस्य गोविन्द पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका साथै ती जिल्लामा रहेका बेलहिया, महेशपुर र कृष्णनगर नाका अनुगमन गरेको थियो।
तीन जिल्ला मध्ये रुपन्देहीको बेलहिया नाकासँग जोडिएका बस्तीहरु अत्यन्तै अव्यवस्थित पेट्रोलियम पदार्थको (तस्करी गरिएको) राख्ने गोदाम बन्दै गएको र जुनसुकै बेला विस्फोट भएर ठूलो क्षतिको सम्भावना रहेको छ ।
रुपन्देहीको डन्डा खोलादेखि बेलहिया नाका प्रहरी चौकीसम्मका प्रत्येक घरमा एक सयदेखि १० हजार लिटरसम्म पेट्रोल अव्यवस्थित रुपमा भण्डारण गरी राखिएको पाइएको आयोगका सदस्य गोविन्द पौडेलले जानकारी दिए।
Post a Comment