|
|
पुष २९, एजेन्सी । भारतको एक गाईले एक दिनमा ६७ लिटर दुध दिने कुरा सुन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ तर कुरा साचो हो । यही कारण यो गाइले दुनियाकै दुधालु गाइको किर्तिमान समेत राखेको छ ।
भारतको पन्जाबस्थित मोगा जिल्लाको नुरपुर हाकिमा गाउँको डेरी फार्ममा रहेको होलिस्टिन पिएलएमजियन जातको उक्त गाइले एक दिनमै ६६.७ लिटर दुध दिएर नयाँ रेकर्ड राखेको हो । उक्त गाई पछी सरदारपुरा गाउँका दलजित सिंहको गाइले दिनमा ६१.८ लिटर दुध दिने गर्छ । हुन्दालले आफ्नो डेरी फार्ममा १४० गाइ पालेका छन् र दैनिक २ हजार लिटर दुध दुहुन्छन् ।
यी किसान हुन्दाल भारतका किर्तिमानी किसान हुन् । नेपालमा पढेकाहरुले कृषि काम गर्दैनन् तर यी किसानले मानविकी संकायमा स्नातक समेत गरेका छन् । उनले पछिल्लो १० वर्षयता गाइ पालेर दुध उत्पादन गर्दै आएका छन् । सबैभन्दा बढी दुध दिने उनको गाइले दिनमा १५ किलो सम्म दाना खान्छ । यिनले भारतमा सबैभन्दा बढि दुध उत्पादन गर्ने किसानको राष्ट्रिय किर्तिमान समेत कायम गर्दै डेढ लाख भारतीय रुपयाँ नगद पुरस्कार पनि पाईसकेका छन् ।
Post a Comment