|
|
माघ २७, काठमाडौँ । कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दैछ । बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ ।
त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राख्नु नेपाली महिला कामदारका लागि अझ ठूलो अवसर भएको छ । अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् इजरायल जाने होड नै चल्न थालेको छ अचेल ।
इजरायल सरकारले हालै नेपालबाट केयर गिभरका रुपमा नेपाली महिला कामदार छनोट गरी माग प्रक्रिया अघि बढाइसकेको छ । यसमा पुरुष भने थोरै छन् । अब इजरायल जान पाउने नेपाली महिलाले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछन् ।
नेपाली महिलाका लागि रोजगारमैत्री र सुरक्षित मानिएको इजरायल कोरियाजस्तै आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
Post a Comment