|
|

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यसरी सम्पत्ती विवरण नबुझाउनेहरुमा पूर्वमन्त्रीदेखि बाहलबाला सांसद र शिक्षकहरुसमेत रहेको बताइएको छ । सम्पत्ति विवरण नबुझाउनेमा पूर्वमन्त्रीहरुमा रामशरण महत, राधाकुमारी ज्ञवालाी र निलम केसी रहेका छन् ।
त्यस्तै मुख्य राजनीतिक दलका नेतासमेत रहेका बाहालबाला ५२ ज
ना सांसदले पनि कानूनबमोजिम सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तै सम्पति बिबरण नबुझाउनेहरुमा ११ हजार २ सय ६८ जना शिक्षक, २ हजार ३ सय ८८ सैनिक रहेका छन् । आयोगले सम्पत्ति विवरण नबुझाएकाहरुलाई ऐनअनुसार ५ हजारका दरले जरिवाना गर्नेछ ।
Post a Comment