Headlines News :
Home » » तुलसीपुरमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तुलसीपुरमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Written By Unknown on Sunday, February 28, 2016 | 5:33 AM


तुलसीपुर १६, फागुन । तुलसीपुरमा एक भव्य समारोहका विच आठौं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरिएको छ । क्षेत्र नं ४ अन्तर्गतको रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन सांसद डिल्लीबहादुर चौधरीले गरेका हुन ।

अरनिको मैदान तुलसीपुरमा ३ दिन सम्म सञ्चालन हुने प्रतियोगीताको उद्घाटन गदै चौधरीले खेलकुदले मानिसलाई अनुसासित स्वस्थ बनाउने भन्दै खेलक्षेत्रको विकाश भएमात्र राष्ट्रको विकाश हुने बताए । त्यसैगरि उनले दाङ जिल्लामा खेलकुदक्षेत्रले  खासै विकाश हुन नसकेको भन्दै यसको विकाशका लागि सवै लाग्नु पर्ने बताए ।

‘दाङ जिल्लाको खेलकुदको विकाशका लागि सवै लाग्नु पर्छ यसमा मेरोपनि पहल हुने छ । त्यसैगरि उनले यस क्षेत्रको खेलकुदको विकाशका लागि आफुले ५० हजार सहयोग गर्ने पनि घोषणा गरे । त्यसैगरि कार्यक्रममा खेलकुल विकाश समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले दाङ जिल्लाको खेलकुदको विकाशका लागि आफुले पहल गरिरहेको भन्दै खेल मानिसको जिवनमा महत्वपूर्ण हुने बताए ।

उनले खेलकुदलेनै राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने भन्दै यस्ता किसीमका प्रतियोगीताले खेलाडिहरुको मनोवल वढने बताए । खेलकुद विकाश समिति दाङको सहयोग उमावि कालाखोलाको आयोजना तथा राप्ती ववई क्याम्पस, पव्लिक ज्ञानज्योति उमाविको सहयोजनामा सुरु भएको प्रतियोगीतमा यस क्षेत्रका २२ विद्यालयहरुले भाग लिएका छन् ।

उमावि कालाखोला विदालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता सांसद डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा राप्ती ववई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, उमावि कालाखोलाका प्राचार्य टुकाराम भट्टराई, मध्यपश्चिम भलिवल संघका अध्यक्ष देवेन्द्र वैरागीलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण उमावि कालाखोलाका सहयाक प्राचार्य छवि न्यौपानेले गरेका थिए । प्रतियोगीतमा जुनियर छात्रछात्रा म्याराथुन दौड, रिलेदैड, भलिवल, हाइजम्प, कवडीलगायतका खेलहरु सञ्चालन हुने छन् । उद्घाटन सत्रमा भएको मार्चपासमा गोरखा उमावि प्रथम, सहिद स्मृति मावि दोस्रो  र हाम्रो पँहुच वोडिङ स्कल तृतिय हुन सफल भएको थियो । -लक्ष्मण बस्नेत, तुलसीपुर अनलाइनबाट साभार  

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger