Headlines News :
Home » » कांग्रेस दाङको सभापतिमा तीन जनाको घम्साघम्सी चल्दै

कांग्रेस दाङको सभापतिमा तीन जनाको घम्साघम्सी चल्दै

Written By Unknown on Friday, February 19, 2016 | 1:42 AM


घोराही, फागुन ७ । नेपाली काँग्रेस दाङको मतदान सुरु भएको छ । सभापति, सचिव र कोषाध्यक्षका लागि सुरु भएको निर्वाचनमा ६३९ जना मतदाता रहेको जनाइएको छ ।

आगामी पाँचवर्षका लागि हुन थालेको निर्वाचनमा सभापतिमा ३ जना, सचिवमा २ जना र कोषाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन समितिका अनुसार सभापतिमा कीर्तिबहादुर खड्का, अनिता देवकोटा र कमलकिशोर घिमिरेले प्रतिष्पर्धामा हुनुहुन्छ । त्यस्तै सचिवमा शंकर डाँगी र सर्वजित डाँगीका बीचमा भिडन्त हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा सावित्रा राना र कृष्ण चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैबीच मतदान सुरु भएसँगै नेतृत्वको चर्चा सुरु भएको छ । उम्मेदवारहरुले आ–आफ्नो विजय दावी गरे पनि सभापतिमा कीर्तिबहादुर खड्काको पल्ला भारी भएको विश्लेषण थालिएको छ । खड्कालाई ४ वटा क्षेत्रीय समिति, ३ वटा नगर सभापतिहरुको समर्थन रहेकाले उहाँको विजय सुनिश्चित भएको उहाँ निकटस्त स्रोतको दावी छ । उहाँले कुल ६३९ मतमा ३५० बढी मत ल्याउने स्रोतको दाबी छ ।

त्यस्तै सभापतिका उम्मेदवार अनिता देवकोटा निकट स्रोतले आजको निर्वाचनमा देवकोटा दोस्रो हुने र कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नपुगेपछि भोलि हुने निर्वाचनबाट देवकोटा विजयी हुने दाबी गर्छ । स्रोतले देवकोटाको पक्षमा २०० मत रहेको र भोलि हुने निर्वाचनमा तेस्रो हुने कमल किशोर घिमिरेको १०० मत देवकोटालाई प्राप्त हुने भन्दै सभापतिमा देवकोटा नै विययी हुने दाबी गर्छ ।

उता युवाहरुको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएका कमलकिशोर घिमिरेले आफ्नो विजय सुनिश्चित भएको दाबी गर्नुभएको छ । त्यस्तै सचिवमा शंकर डाँगी र कोषाध्यक्षमा सावित्रा रानाको पल्ला भारी भएको विश्लेषण थालिएको छ ।

नेतृत्वका लागि मतदान सुरु भइरहँदा सचिव र कोषाध्यक्षमा आज नै शंकर डाँगी र सावित्रा राना विजयी हुने भए पनि सभापतिका लागि भोलि पुनः निर्वाचन हुने अड्कल कांग्रेस वृत्तमा सुरु भएको छ । सभापतिमा कीर्तिबहादुर खड्का नै विजयी हुने प्रायः निश्चित भइसकेको कांग्रेसवृत्तमा चर्चा चल्न सुरु भइसकेको छ । dangkhabarबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger