Headlines News :
Home » » दाङ प्रालिले मंगलवार देखि सेवा सुरु गर्दै

दाङ प्रालिले मंगलवार देखि सेवा सुरु गर्दै

Written By Unknown on Sunday, February 21, 2016 | 11:31 PM


तुलसीपुर १०-फागुन । दाङ यातायात सेवा प्रालिले भोलि (मंगलवार) देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । मंगलवार दाङ–काठमाडौंका लागि एउटा रात्रीवस छुटाउने तयारीका साथ प्रालिले आज ( सोमवार) देखि टिकेट बुकिङ खुल्ला गर्दै छ ।

प्रालिका महासचिव मदनबहादुर बस्नेतले तुलसीपुर ५ बसपार्कको पुलचोक स्थित कार्यालयवाट सोमवार दिउँसो १ बजेदेखि यात्रुको लागि टिकेट बुकिङ खुल्ला गर्न लागिएको जानकारी दिए ।

उनले आज सोमवार देखि टिकेट बुकिङ सुरु गर्ने र जसले आफ्नो समितिमा पहिलो टिकेट काट्छ उक्त व्यक्तिको हातवाटै वस सेवाको उद्घाटन गर्न दिने निर्णय आफूहरुले गरेको जानकारी दिए ।

उद्घाटन भने भोलि (मंगलवार) विहान ११ बजेपछि तुलसीपुरको अरनीको मैदानमा गरिने महासचिव बस्नेतले तुलसीपुर अनलाईनलाई बताए । गत फागुन ५ गते ३ वटा नयाँ डिलक्स वसहरु भित्र्याएको दाङ प्रालिका थप २ वटा बसहरु यो खबर तयार पार्दे गर्दा लमहीमा आईपुगेको जानकारी दिइएको छ ।

प्रालिको एउटा बस भने काठमाडौंमा राखिएको जानकारी दिइएको छ । तत्काल ६ वटा वसहरु बाट दाङ काठमाडौं सेवा दिने बताएको दाङ प्रालिले मंगलवार तुलसीपुरबाट एउटा वस काठमाडौं पुगेपछि काठमाडौंबाट दाङ फर्किदा दुईवस दाङ आउने जानकारी महासचिव बस्नेतले दिए ।

५ गते ३ वटा नयाँ डिलक्स वसहरु भित्र्याएको दाङ यातायात सेवा प्रालिले सुरक्षाको कारण देखाउँदै विगत ४ दिने देखि आफ्ना ति बसहरु तुलसीपुर ९ स्थित सशस्त्र वेश क्याम्प दोघरेमा राख्दै आएको छ । सर्वसुलभ रुपमा यात्रु मैत्री वातावारणमा सेवा प्रदानगर्ने प्रालिले दाबी गरेको छ ।

भटाभट प्रालिका गाडीहरु भित्रनुले भाडामा समेत प्रतिपर्धा हुनु थालेको छ । मालिका–कालिका प्रालिले दाङ काठमाडौंको डिलक्स भाडा १ हजार रुँपैया निर्धारण गरेको छभने दाङ प्रालिले त्यो भन्दा २५ रुँपैया सहुलियत दिने भएको छ ।

एउटा यात्रुले दाङ प्रालिको डिलक्स वसमा दाङदेखि काठमाडौं जान ९ सय ७५ रुँपैया तिर्नुपर्ने महासचिव बस्नेतले जानकारी दिए । त्यस्तै राप्ती अंचल सार्वजनिक यातायात समितिले नर्मल वसहरुमा दाङ काठमान्डौंका लागि प्रति यात्रु ८ सय, डिलक्स वसमा ९ सय ८० र एसी वसमा  १ हजार १ सय ४५ रुँपैया भाडा निर्धारण गरिएको राप्ती समितिका डायल इञ्चार्ज प्रकाश भट्टले जानकारी दिए  । -नारायण खड्का,Tulsipuronlineबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger