Headlines News :
Home » » एउटा चुरोटले यसरि सक्यो दाङ राजपुरस्थित फोहरा गाउँ

एउटा चुरोटले यसरि सक्यो दाङ राजपुरस्थित फोहरा गाउँ

Written By Unknown on Friday, February 19, 2016 | 1:35 AM


फागुन ७, दाङ । दाङको राजपुर–१ फोहरा गाउँमा बिहिवार दिउँसो चुरोटको ठुटोका कारण आगलागी भएको प्रहरीले बताएको छ । 

स्थानीय मायाराम यादवको गोठबाट सल्केको आगोले ७९ वटा घर ध्वस्त पारेको थियो। आगलागीबाट अन्दाजी ६१ लाख ७५ हजार बराबरको क्षति भएको  जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।

तीब्र गतिमा हावाहुरी चलेकोले आगोले एक पछि अर्को गर्दै ४९ घर गोठ र ३० वटा परालको टौवा जलेर नष्ट भएको एसपी कडायतले  बताए । स्थानीयले चुरोट खाएर ठुटो फालेका कारण आगलागी भएको  ईलाका प्रहरी कार्यालय गढुवाका प्रमुख राजु थापाले बताए ।  दिउँसो २ बजे सल्किएको आगो साढे ४ घन्टा पछि बेलुका साढे ६ बजेपछि मात्रै नियन्त्रणमा आएको थियो ।

अग्नि पीडित परिवारलाई प्रतिपरिवार ६ हजार आर्थिक राहत प्रदान गरिने भएको छ । जिल्ला दैबी प्रकोप उद्धार समिति र जिल्ला विकास समितिको शुक्रवार विहान बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । 

दाङका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रशासनको तर्फवाट ५ हजार र जिल्ला विकास समितिको तर्फवाट १ हजार गरि प्रतिपरिवार ६ हजार आर्थिक राहत शुक्रवार नै उपलब्ध गराउने निर्णय गरेको हो ।@setopatiबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger