Headlines News :
Home » » तुलसीपुरमा एकाविहानै मदिराले लठ्ठ चालकले बस चलाउँदा पाँच जना घाइते

तुलसीपुरमा एकाविहानै मदिराले लठ्ठ चालकले बस चलाउँदा पाँच जना घाइते

Written By Unknown on Thursday, February 18, 2016 | 1:35 AM


तुलसीपुर ६-फागुन । बसको ठक्करबाट तुलसीपुरमा पाँच जना घाईते भएका छन् । विहवार विहान साढे ६ बजेतिर तुलसीपुरबाट गोलटाकुरी तर्फ जाँदै गरेको ना ४ ख ८०२५ नम्बरको बसले तुलसीपुर ६ को स्टार चोकमा सडकमा हिड्दै गरेका मानिसहरुलार्ई ठक्कर दिएको हो ।

उक्त बसको ठक्करबाट तुलसीपुर-१२ निवासी ३३ वर्षीय युबराज बस्नेत गंभिर घाईते भएका छन् । उनलाई थप उपचारका लागि राप्ती अंचल अस्पतालको प्रारम्भिक उपचार पछि कोहलपुर रेफर गरिएको छ । उनलाई टाउको र छातीमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ ।

रा १ प २५११ नम्वरको मोटर साईकलबाट तुलसीपुर तर्फ आउँदै गरेका बस्नेतलाई उक्त बसले ठक्कर दिएको थियो । बस्नेत सवार मोटरसाईकललाई ठक्कर दिँदा उक्त बसका सहचालक गोलटाकुरी १ का १५ वर्षीय चुर्ण घर्ती मगर ढोकामा थिए र उनी त्यहाँबाट लड्न पुगे । उनको खुट्टा माथिबास बस गुड्यो तर उनको भाग्य उनको खुट्टा भने सुन्निएको भएपनि फ्याक्चर नभएको सिटी अस्पताल प्रालिले एक्सरेपछि जानकारी दिएको छ । त्यसपछि अनियन्त्रिण बसले तरकारी बोकेर आफ्नै साईडमा हिडिरहेकी डुरुवा ८ अकमी निवासी २४ वर्षीया निमा चौधरीलाई ठक्कर दियो ।

बसको ठक्करबाट उनको दाँया खुट्टा फ्याक्चर भएको एक्सरेपछि सिटी हस्पिटल प्रालिले जनाएको छ । त्यसपछि उक्त बसले सडक छेउमा हिडिरहेका तुलसीपुर ८ का ज्ञानबहादुर केसी र गोलटाकुरी ८ का काँशिराम गिरीलाई पनि ठक्कर दियो । तर डाँगी र गिरीको अवस्था भने सामान्य छ । उनीहरु राप्ती अंचल अस्पताल तुलसीपुरको उपचार पछि घर फर्कीसकेका छन् ।

दुर्घटना कसरी भयो
ईलाका प्रहरी कार्यालय तुलसीपुरका इनिस्पेक्टर खुमानन्द पाण्डेका अनुसार चालक मिठ्ठु चौधरीले मदिरा सेवन गरेर सवारी चलाएका कारण उक्त दुर्घटना भएको जानकारी दिए । ईनिस्पेक्टर पाण्डेका अनुसार मदिराले लठ्ठ चालकले गाडी नियन्त्रण गर्न नसक्दा सडक छेउमा हिडिरहेका मानिसलाई ठक्कर दिएको थियो ।

चालक चौधरीले बटुवाहरुलाई ठक्कर दिएपछि  बस भगाएर मानपुर पु-याएर लुकेर बसेका थिए । विहीवार विहान ८ बजेतिर मानपुरमा लुकीछिपी बसेका चालक र बसलाई नियन्त्रणमा लिएर ईपका तुलसीपुरमा ल्याइएको उनले जानकारी दिए । चालक चौधरीको मेडिकल रिपोर्टबाट पनि उनले मदिरा सेवन गरेको प्रमाणित भएको प्रहरीले बताएको छ ।

तुलसीपुर अनलाईनसंग कुरा गर्दै १५ वर्षीय सहचालक घर्ती मगरले भने ‘ हामी बुधवार राति तुलसीपुरको बनगाउँमा एउटा विहेमा गाडी लगेर गएका थियौं । थारुको विहे थियो । त्यहाँ गुरु मिठ्ठु चौधरीले रातभर जसो रक्सि खानुभएको थियो अनि विहान तुलसीपुर आएर पनि गुम्ह्राचोकमा रहेको एउटा होटेलमा तीन गिलास रक्सि खानुभयो । त्यसपछि गाडी गोलटाकुरीबाट नम्वर भएकोले उतै जाँदै गर्दा उक्त दुर्घटना भयो ।’

सहचालक घर्तीले थपे ‘ हामी तुलसीपुरबाट दक्षिण गोलटाकुरी तर्फ जाँदै थियौं भने स्टार चोकनेर दक्षिणबाट उत्तर बजार तर्फ मोटरसाईकल आउँदै थियो । पहिला बसले मोटरसाईकललाई ठक्कर दियो अनि बस अनियन्त्री हुन पुग्यो । म ढोकामा थिए र खसेर एउटा खुट्टा टायर मुनी पुग्यो । अनि बसले अन्य बाटोमा हिडिरहेका मानिसहरुलाई पनि ठक्कर दियो ।’

दुर्घटनामा परि दाहीने खुट्टा फ्याक्चर भएकी निमा चौधरीले पनि पहिला बसले नजिकै रहेको मोटरसाईकल चालकलाई ठक्कर दिएपछि आफूलाई ठक्कर दिएको बताईन । उनले भनिन् ‘ म तरकारी टाउकोमा बोकेर हिडिरहेकी थिए, मेरी जेठानी दिदी शान्ति चौधरी केही अगाडी पुगिसक्नु भएको थियो । त्यसैले उहाँ बच्नु भयो ।

तर एकाएक साईडमा हिडिरहेको मोटरसाईकललाई उक्त त्यो बसले ठक्कर दियो अनि सोझै आएर मलाई ठोक्यो । भाग्न सक्ने अवस्थै रहेन ।’ उनले थपिन ‘ त्यसपछि बस भाग्यो तर अन्य मानिसहरु जम्मा भएर हामीलाई अस्पताल पु-याए ।’

मदिरा खाएर लापरवाही पूर्वक सवारी चलाउनले लाई के कस्तो कारवाहीको व्यवस्था छ ?
आज भन्दा झन्डै दुई वर्ष अघि तुलसीपुरको वीपी चौकमा ट्रक व्याकगर्ने क्रममा चालकले आवश्यक सावधानी नपनाउँदा  तुलसीपुरको हरिपौरी निवासी एक जना महिलाको ज्यान गएपछि ति चालकलाई सर्वश्वसहिच आजिवन काराबासको सजाए तोकिएको थियो ।

जिल्लामा चालकमाथि पहिलो पटक अदालतले यति कठोर सजाए सुनाएकोले उक्त घटनाको वारेमा अहिले पनि चर्चा परिचर्चा सेलाएको छैन । जसका विरुद्ध कतिपय यातायात व्यवसायी र चालकहरु खुलेरै विरोधमा उत्तर्न खोजेका थिए तर अदालतका विरुद्ध आन्दोलन गर्न उनीहरु डराए । सवारी तथा यातायात व्यवस्था ऐन अन्तरगत मदिरा सेवन गरी सवारी चलाएको पाईएमा १ हजार सम्म जरिवाना गर्ने प्रावधान छ । तर मदिरा सेवन गरी लापरवाही पूर्वक गाडी चलाएको प्रमाणित भएमा र घाईतेको मृत्यु भएमा सर्वाेस्व सहित जन्मकैदको सजाए हुनसक्छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द कुमार पोख्रेलले मापसे गरी सवारी चलाउँदा घाईते भएमा सवारी अंगभंग सम्बन्धि मुद्दा चालकलाई लाग्ने बताए । तर आस्चर्य लाग्ने कुरा तुलसीपुरमा मापेसी गरि सवारी चलाउनेहरुको संख्या बढ्दो भएपनि त्यसको नियमन गर्ने निकाए भने मौन प्राय छ । डेढ महिना पहिले मात्रै तुलसीपुरको राप्ती पेट्रोल पम्प अगाडी तेल भर्न लाईनमा लागेका बसहरु माथि अर्का बसले ठोक्दा पाँच सवारी साधनमा क्षती भएको थियो ।

त्यसको केही हप्ता पछि तुलसीपुरको ‘ख’लाईन स्थित मुन्ना अटो वर्कसपको घरमा बस सोझै घरभित्रै पसेको थियो । तर ति दुई डरलाग्दो दुर्घटनाको वारेमा आवश्यक अनुसन्धान र कारवाही गर्न ट्राफिक प्रहरीले टाउको दुखाएको देखिएन । यद्यपी बसेको क्षर्ती तिर्ने र भत्केको घरको संरचना बनाउने सहमति भएको बताउने गरिन्छ । ति दुबै घटनामा चालकले मदिरा सेवन पछि लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएका थिए । तर यहाँ सबैकुरा रकममै मिलान हुने गरेकोले दोषिहरुले उन्मुक्ति पाउँदै आएका छन् ।

ट्राफिक प्रहरी प्रमुख पोखेललाई आजभोलि तुलसीपुरमा मापसे चेकजाँच हुन्छ वा हुँदैन भन्ने जिज्ञासा राख्दा नियमित रुपमा हुँदै आएको बताए । यदि नियमित रुपमा चेक जाँच भएको भए किन मापसे गरी सवारी हाक्नेहरुको संख्या बढेको हो नि भन्ने प्रश्नमा भने उनले ट्राफिकको डिउटी समय नभएको बेलामा दुर्घटनाहरु हुने गरेको जानकारी दिए । सर्वसाधारण नागरिकको सवाल ट्राफिकको डिउटी कतिबेला सम्म हो ? भन्ने छ ।

एकाविहानै बाटोमा हिडिरेका व्यक्तिहरु एउटा मदिराले लठ्ठिएको चालकले चलाउँदा पनि किन ट्राफिक देख्दैन ? मानौं स्रोत साधनको कमि छ , जनशक्तिको कमि छ होला तर त्यसो भन्दैमा ट्रिफिक प्रहरी उम्कन पाउँदैन । एक डेढ महिनाको बीचमा डरलाग्दो दुर्घटना भएका तीन वटै बस राप्ती सार्वजनिक व्यवसायि समितिका हुन ।

चालकलाई प्रशिक्षण दिँदै आएका छौं, स्टापलाई यात्रुमैत्री वातावरणको बारेमा पटक -पटक प्रशिक्षण चलाउँदै आएका छौं भन्ने राप्ती समितिका पदाधिकारीहरुको त्यो भनाई विश्वासिलो देखिएन । व्यवहारमा उतार्ण उनीहरु क्रियासिल हुनुपर्छ । मापसे गरी लापरवाही पूर्वक सवारी हाक्ने चालकलाई समितिले विदाई गर्न हिचकिचाउनु हुन्न । दुर्घटना आकस्किम हुने घटना क्रम हो ।

जसको पूर्व जानकारी हुँदैन तर यसो भन्दै गर्दा मदिरामा लठ्ठिएर बाटोमा हिडिरहेकाहरुलाई ठोक्दै हिड्ने , घर भित्रै बस हुल्ने अनि तेलको लाइनमा बसेका गाडीहरु ठोक्दै हिड्नेहरु माथि पहिला समितिले नै कारवाही गरेर उदाहरण प्रस्तुत गरोस । किनकी यसबाट अकालमा सर्वसाधरणहरुको ज्यान जाने छैन । अनावश्यक समितिको खर्च बढ्ने छैन । अनि लापरवाही गर्नेहरु सजाएको भागिदार बन्ने त्रासले सचेत हुनेछन् । नारायण खड्का, tulsipuronlineबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger