|
|
दाङ, फागुन ५ । लक्ष्मीपुर गाविसमा गाविसमै पहिलो पटक गोव्रे च्याउ उत्पादन गरिएको छ । गाविसको वडानम्वर–३ बेलुवा र वडानम्वर–४ गोग्लीमा च्याउ उत्पादन गरिएको मिलन पोख्रेलले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयको ४० पोका बिउ तथा प्राविधिक सहयोगमा बेलुवाका गणेश पुन र गोग्लीका तुलसा बुढाथोकीले च्याउ खेती सुरु गर्नुभएको हो । कृषक पुनले आगामी वर्षदेखि च्याउ खेती गाविसभरि नै बिस्तार गर्ने बताउनुभयो । -dangkhabarबाट
Post a Comment