|
|
फागुन ११, सल्यान । सल्यानमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
रुकुमबाट दाङ-तुल्सीपुरका लागी छुटेको रा १ ख ८७६ नं. बसका सहचालक थारमारेका बिसाल भनिने ब्यक्तीको ज्यान गएको हो ।
सल्यान बरलाको प्रहरी चेक पोष्टमा ईन्ट्री गरी आफ्नो गाडीमा जाने क्रममा सोही दिशा बाट आएको रा १ख ७३८ न. बसले ओभर ट्याक गर्न खोज्दा किचेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।
घटनास्थलमा स्थानियबासीले मृतकका आफन्त नआउदा सम्म, उचित क्षेतिपूर्तिको ब्यबस्था नहुदा सम्म सडक अबरुद्ध गर्ने बताएका छन । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुबै गाडी राप्ती सार्बजनिक यातायात समितिका रहेको बताइएको छ ।
Post a Comment