|
|
उनीहरुले अबैध हातहतियार लुकाईछिपाई राखेको भन्ने बिशेष सूचनाका आधारमा आफ्नो निर्देशनमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रुपेश खड्काले बताए ।
घरमा खोजतलास गर्दा प्रेम कुमार रोकाको घर बाट भरुवा बन्दुक १ थान, बारुद राखिएको डिब्बा २ थान, बारुद बनाउन प्रयोग गरिने सलाई १० थान, गोली जस्तो ढुङगा ७ थान र अर्का मानसिह पुनको घर बाट भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको नाल २ थान, फलामको गज १ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने निमार्णधीन अबस्थामा रहेको बन्दुक आकारको काठ १ थान समेत प्रहरीले फेला पारेको बताएको छ ।
प्रहरीले हातहतियारहरु बरामद गरी निजहरुलाई समेत पक्राउ गरी कानुन बमोजिम अनुसन्धान कार्य अगाडी बढाईएको बताएको छ । उनीहरुलाई हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम ३ बर्ष देखी ५ बर्ष वा रु ६० हजार देखी १ लाख सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुकुममा मंगलबार घटनाबारे जानकारी गराइएको थियो । धनाबिर दाहाल, nepalpaatiबाट
Post a Comment