Headlines News :
Home » » प्यूठानको पर्यटकीयस्थल गौमुखी जाने बाटोमा रेलिङ निर्माण गरिने

प्यूठानको पर्यटकीयस्थल गौमुखी जाने बाटोमा रेलिङ निर्माण गरिने

Written By Unknown on Thursday, February 11, 2016 | 4:12 AM


प्यूठान २८-माघ /  उत्तरीपूर्वी प्यूठानको पर्यटकीयस्थल गौमुखी मन्दिरसम्म पुग्ने जगंलको गोरेटो बाटोमा ‘रेलिङ’ निर्माण हुने भएको छ ।

गौमुखी मन्दिरमा दर्शन गर्न जाने तिर्थयात्रीहरुलाई आवत जावत गर्न सहजताका लागि रेलिङ निर्माण गर्न लागिएको हो । अर्खा-१ किनामभिरदेखि गौमुखी मन्दिरसम्मको करिव २ सय मिटर गोरेटो बाटोसम्म रेलिङ निर्माणका लागि पर्यटन कार्यालय भैरहवा मार्फत १५ लाख रुपैयाँ बजेट प्राप्त भएको गौमुखी संरक्षण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष मूक्ती रानाले जानकारी दिए ।

‘२०६६ सालदेखि निरन्तर गौमुखी क्षेत्रको विकासमा पर्यटन कार्यालयले बजेट दिँदै आएको छ’,उनले भने,‘बाटो फराकिलो र रेलिङ निर्माणमै बजेट खर्च भएको छ ।’ गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि राज्यले विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।

tस्थानीय राजनीतिक दलको सहमतीमा हरेक वर्ष प्रदान हुने वजेटले यस क्षेत्रको विकासमा संस्था मार्फत काम गर्दै आईरहेको उनले बताए । साँघुरो गोरेटो बाटो फराकिलो बनाएपछि आन्तरिक पर्यटकहरुको आगमन बढ्दै गईरहेको स्थानीय मित्र बहादुर थापाको भनाई छ ।

‘गाउँको पैयूँपाटासम्म मोटरवाटो पुगेको छ’,उनले भने,‘यहाँबाट किनामभिरसम्म करिव पाँच किलोमिटर मोटरवाटो निर्माण गरेमा पर्यटकहरुको आकर्षणमा उत्साहजनक बृद्धि हुन सक्छ ।’ वर्षको एकपटक माघे संक्रान्तिमा मात्र पर्यटक पुग्ने गौमुखीमा पछिल्लो पटक अन्य समयमा पनि पर्यटकहरु आउने गरेको उनले बताए ।

तिर्थयात्रीहरुलाई बास बस्न सहजताका लागि जिर्ण बनेको विश्रामस्थल भत्काएर सोही ठाउँमा धर्मशाला समेत निर्माण गर्न लागिएको उनको भनाई छ । धर्मशाला निर्माण गर्नका लागि पर्यटन कार्यालय भैरहवावाटै पाँच लाख रुपैयाँ बजेट आएको समेत थापाले बताए । पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी पछिको पर्यटकका लागि गौमुखी प्रमुख गन्तव्य स्थल मानिन्छ । केशर रोका, tulsipuronlineबाट


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger