|
|
तुलसीपुर, २९-माघ । रुकुम प्रालिको बसमाथि दाङमा तोडफोड भएको छ ।
रुकुबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ५१३२ नम्वरको यात्रुबहाक बसमा ७-८ जनाको समुहले ढुङ्गा प्रहार गर्दा अगाडी सिसा पुरै फुटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विहीवार बेलुका पौने ८ बजेतिर तुलसीपुर १ को लाहुरेचौरमा उक्त बसमाथि अपरिचित समुले ढुङ्गा हानेर भागेको प्रहरीले बताएको छ । ढुङ्गा प्रहारबाट यात्रु तुलसीपुर ५ निवासी २६ वर्षीय बिवेक विसी सामान्य घाईते भएका छन् ।
उनलाई ढाडमा ढुङ्गाले चोट लागेको र उनको हाल राप्ती अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । बसमाथि आक्रमण गर्नेहरुको खोजि भइरहेको भएपनि यो खबर तयार पार्दा सम्म दोषीलाई पक्राउ गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ । –तुल्सिपुरअनलाइनबाट
Post a Comment