Headlines News :
Home » » तुलसीपुर महोत्सवमा दुई करोड ४० लाख संकलन

तुलसीपुर महोत्सवमा दुई करोड ४० लाख संकलन

Written By Unknown on Thursday, February 11, 2016 | 4:00 AM


तुलसीपुर माघ २८, । तुलसीपुरमा जारी श्रीमद् भागवत महापुरण एव धार्मिक महोत्सवको आज बिधिबत रुपमा समापन गरिएको छ । आज बुधबार अन्तिम दिन सम्म दुई करोड ४० लाख बढी आर्थिक संकलन भएको मुल आयोजक समितिले जनाएको छ ।

५ करोड आर्थिक संकलन गरी दोघरेस्थित तुलसीपुर उद्योग वणिज्य संघको स्वामीत्वमा रहेको ४ कठ्ठा जमिनमा थप जमिन खरीद गरि सभाहल निर्र्माण गर्ने उदेश्यले महापुराण सञ्चालन गरिएको थियो । महापुराणको आज बुधबार समापन कार्यक्रममा प्रमुख अतिथि पुनराबेदन अदालत तुलसीपुरका न्यायाधिस श्रीमनकुमार न्यौपानेले ज्ञान,मन र धन भएका मनकारीबाट ठुलो रकम संकलन भएको भन्दै खुसी ब्यक्त  गर्नुभयो ।

उहाँले धनमात्र संकलन भएन ज्ञान पनि प्राप्त गर्न यहाका नागरिकले पाएका छन् उहाले भन्नुभयो । खासगरि धार्मिक बिश्वास र ज्ञान बृद्धिका लागि यस्ता कार्यक्रम हुन पर्ने सुझाब दिनुभयो । उक्त कार्यक्रममा बाचक दिनबन्धु पोख्रेलले समुदायको सहयोगमा ठुला ठुला काम बन्न सक्ने बताउनुभयो । उहाले आफु पुर्बि नेपालबासीन्दा भएपनि यस क्षेत्रको बिकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा तुलसीपुर नगरपालीकाका कार्यकारी अधिकृत डिल्लीराज बेल्बासेले सामाजमा सबै एक भएर साकारात्मक काम गर्ने अठोट लिन सके पुरा हुन्छ भन्ने उदाहरण तुलसीपुरमा भएको बताउनुभयो ।

गत माघ १९ गतेदेखि आज २७ गते सम्म सञ्चालन गरिएको महापुराणबाट संकलन भएको कुल रकमको केही समय पछि सार्बजनिक गरिने बताएको छ । हिजो मंगलबार सम्म झण्डै सवा २ करोड संकलन भएको छ ।

समापन कार्यक्रमको अध्यक्षता महापुराण मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो भने सहजीकरण महासचिब नेत्रलाल वलीले गर्नुभएको थियो ।

उक्त अबसरमा बिभिन्न ब्यक्ती तथा संघ संस्थालाई प्रमाण पत्र बितरण गरिएको थियो । यसैबिच महोत्सव अवधिभर संचालन गरिएको एक हप्ते योग विज्ञान शिविरको समापन गरिएको छ । विहान ५ वजे देखी ७ बजेसम्म चल्ने गरेको शिविरमा मुख्य योग प्रशिक्षक देवराज आचार्य प्रशिक्षक रहनु भएको थियो भने लक्ष्मी घर्ति, रीना श्रेष्ठ, बामदेव धिताल तथा आशा देवकोटाले सहयोगीको भुमिका निभाउनु भएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger