Headlines News :
Home » » अज्ञात समुहद्धारा घोराही सिमेन्ट उद्योगको स्काभेटरमा आगजनी

अज्ञात समुहद्धारा घोराही सिमेन्ट उद्योगको स्काभेटरमा आगजनी

Written By Unknown on Thursday, February 25, 2016 | 7:01 PM


घोराही, १४, फागुन । घोराही सिमेन्ट उद्योगको चुनढुंगा खानीमा काम गरिरहेको स्काभेटरमा अज्ञात समुहले आगजनि गरेको छ ।

काभ्रे गाबिस ४ तापामा रहेको उद्योगको चुनढुंगा खानीमा बुधबार राती ८-१० जनाको संख्यामा आएका नचिनेका व्यक्तिहरुले ३८० पिसी स्काभेटरमा आगजनी गरेर फरार भएका हुन् ।

टिप्परमा चुनढुंगा लोड गरिरहेको अबस्थामा आएका ति व्यक्तिहरुले चालकलाई निकालेर डिजेल छर्केर आगोलगाएको उद्योगका जनसम्पर्क अधिकारी अमर सुबेदीले जानकारी दिए । ३-४ लिटरको जरकीनमा डिजेल लगेका र माक्स लगाएर गएका उनिहरुले आगो लगाएर भागेका थिए । आगजनिबाट ९० प्रतिशत जलेको उद्योगले जनाएको छ ।

साथै उनिहरुले एउटा टिप्परको सिसा समेत ढुंगाले हानेर फुटाएका छन् । यता प्रहरीले घटना स्थलमा पुगेर मुचुल्का उठाएको बताएको छ । तर आगजनी गर्नेहरुको पहिचान नभएको र खोजी तथा अनुसन्धान भैरहेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिएका छन् । तुलसीपुरअनलाइनबाट 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger