|
|
३९ गाबिस र २ वटा नगरपालिका रहेको रुकुमलाई पूर्ण साक्षर जिल्ला बनाउने तयारी गरिएको छ । रुकुमकोट गाबिसलाई पुर्ण साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला विकास समिति रुकुमका सूचना अधिकृत चिन्तामणी दाहालले रुकुम छिट्टै निरक्षरमुक्त जिल्ला हुने दावी गरे । उनले अन्य गाबिसहरु धमाधम निरक्षरमुक्त भइरहेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुकुमका शाखा अधिकृत बिश्वास रोका, बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । गाँउ विकास समितिका सचिव बिरेन्द्र बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा रुक्मणी उच्च माध्यामिक बिद्यालय व्यवस्थापान समितिका अध्यक्ष केशवचन्द्र समालले स्वागत गरेका थिए भने सोही बिद्यालयका शिक्षक बसन्त गौतमले कार्यक्रम सहजिकरण गरेका थिए । -राप्ती टुडेबाट
Post a Comment