Headlines News :
Home » » गर्मी सुरु भए सगै तुलसीपुरमा डढेलो नियन्त्रणका लागि तयारी गरिदै

गर्मी सुरु भए सगै तुलसीपुरमा डढेलो नियन्त्रणका लागि तयारी गरिदै

Written By Unknown on Sunday, February 21, 2016 | 11:42 PM


तुलसीपुर १०-फागुन /धनौरी सेक्टर वन कार्यालय तुलसीपुरले वनजंगलमा लाग्ने संभावित डढेलो नियन्त्रणका लागि तयारी थालेको छ । सेक्टर अन्तर्गत  रहेका पाँचवटा इलाका वन कार्यालयमा डढेलो नियन्त्रण समाग्री पठाईसकेको निमित्त सेक्टर वन प्रमुख दिपक रिग्मीले जानकारी दिए ।

सेक्टर वनले पुरन्धारा, बैबाङ, चिराघाट, कौशिलापुर र तुलसीपुर इलाका वन कार्यालयमा पानी फाल्ने फोहरा, हेल्मेट, ज्याकेट, जुत्तामोजा, पञ्जा, बेल्चा, पत्ता, लाइट लगाएतका सामाग्री पठाइएको छ ।

गर्मी सुरु भए संगै दाङमा हावाहुरी चल्न थालेको छ । विशेष गरि फागुन देखि जेठको अन्तिम साता सम्म हुने प्रचण्ड गर्मीमा वनजंगलमा लाग्ने डढेलोका कारण दाङका सयौं हेक्टर क्षेत्रफलमा आगलागीका घटनाहरु हुने गर्छन ।

गएको बर्ष, बैशाख महिना देखि जेठ महिनाको विभिन्न समयमा पश्चिम दाङमा १ हजार ८ सय हेक्टर क्षेत्रलफल रहेको वनजंगलमा डढेलो लाग्दा ठूलो नोक्सानी पुगेको थियो । जस अअन्तर्गत १ हजार १ हेक्टर क्षेलफल राष्ट्रिय वन र ८ सय ८.५ हेक्टर सामूदायीक वनमामा डढेलो लागेको सेक्टर वनका फरेष्टर ध्रुव गौतमले जानकारी दिए ।

यसैविच वनका कर्मचारीहरु राष्ट्रिय वनमा प्राय नजाने गरेका कारण वन जंगलको संरक्षण र सम्वद्र्धन हुन नसकेको सामूदायिक वन महासंघ दाङकी उपाध्यक्ष हुमा डिसीको भनाइ छ । राष्ट्रिय वन, समूदायलाई प्रकृया पु-याएर हस्तान्तरण गर्न जिल्ला वनले जति ढीला गर्छ त्यति नै वन विनास हुने महासंघले बताएको छ ।

यता धनौरी सेक्टर वनले मानव बस्ती देखि राष्ट्रिय वन धेरै टाढा भएकाले संरक्षणमा केहि चूनौति थपीएको बताएको छ । राष्ट्रिय वन त होनि भनेर उपभोक्ताहरुले आफनो वन जोगाएर राष्ट्रिय वन मास्ने गरेको निमित्त सेक्टर प्रमुख दिपक रेग्मीले बताए ।Tulsipuronlineबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger