Headlines News :
Home » » रोल्पामा ६५ हजार ५ सय ५५ राशीको फुटबल प्रतियोगिता हुँदै

रोल्पामा ६५ हजार ५ सय ५५ राशीको फुटबल प्रतियोगिता हुँदै

Written By Unknown on Tuesday, February 23, 2016 | 4:03 AM


फागुन ११, रोल्पा । जिल्लामै ठूलो र भव्य कार्यक्रम गर्दै आएको सन स्टार युवा क्लब रोल्पाले क्लबको चौथो र सनस्टार साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सवको तयारी तीब्र रुपमा भइरहेको जनाएको छ । 

फाल्गुन १५ गतेदेखि २० गतेसम्म सदरमुकाम लिबाङमा हुने कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । क्लबका अनुसार अहिलेसम्मकै ठूलो राशीको जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता गरिँदैछ ।

क्लबले वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला फुटबलमा प्रथम हुनेले रु. ६५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुनेले रु. ३५ हजार, तृतीय हुनेले रु. २५ हजार र सान्त्वना हुनेले रु. १० हजार नगद प्राप्त गर्नेछन् ।

त्यस्तै एथलेटिक्स, जिल्लास्तरीय डबल व्याडमिन्टन, घैंटाफोर, भालेपकड लगायतका प्रतियोगिताहरु समेत आयोजना गरिएको क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिनुभयो । उद्घाटनका अवसरमा भव्य मार्चपास, गीत–नृत्य, तेक्वाण्डो, कराँते, बक्सिङ लगायतका खेलाडीहरुबाट डेमोष्ट्रेशन समेत गरिने अध्यक्ष केसीले बताउनुभयो ।

वार्षिकोत्सव अवधिभर सुनछहरी कला केन्द्र, होलीभिजन मावि, तुलसी मावि, बालकल्याण उमावि लगायतले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । साथै हरेक साँझ हाउजी विङ्गो तम्बोला खेल समेत हुने आयोजकले बताएको छ ।

सनस्टार साप्ताहिक पत्रिकाले मैत्रीपूर्ण फुटबल आयोजना गर्ने

त्यस्तै सनस्टार साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । पत्रिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा जिल्लास्थित राजनैतिक दल÷कर्मचार र पत्रकार÷साहित्यकार बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने पत्रिकाका कार्यकारी सम्पादक नवीन लोचनमगरले जानकारी दिनुभयो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगिताका विजेताले नगद रु. ५ हजार प्राप्त गर्ने बताइएको छ । सोही अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रकाशक पूर्ण केसीले जानकारी दिनुभयो । -राप्ती टुडेबाट 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger