Headlines News :
Home » » सरुवा भएर जाँदा दाङका जिशिअले कार्यालयको ल्यापटप र मोवाइल सेट सँगै लिएर गए

सरुवा भएर जाँदा दाङका जिशिअले कार्यालयको ल्यापटप र मोवाइल सेट सँगै लिएर गए

Written By Unknown on Wednesday, March 2, 2016 | 7:19 PM


घोराही, फागुन २० । केही समय अगाडि दाङका जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालको शिक्षा विभागमा सरुवा भयो ।

शिक्षा विभागबाट सरुवा भएको चिठी आउनासाथ आफ्नो व्यक्तिगत कामको शिलशिलामा काठमाण्डौमा रहनुभएका अर्याल त्यसको केहि दिनमै दाङ आउनुभयो । जिल्लामा रही काम गर्दा चौतर्फि आलोचना खेप्नुका साथै विवादित रहनुभएका अर्याललाई शिक्षा कार्यालयका कर्मचारी, पेशागत संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले संयुक्तरुपमा फूल, माला, टीका, अविर लगाएर विदाई समेत गरे । शिक्षा ऐन नियमावली बिपरित गैर कानुनी निर्णय गरेर तथा जिल्ला  शिक्षा समिति पूनर्गठन नगरी आफ्नो मनपरीरुपमा शिक्षा समितिको बजेट दुरुपयोग गरेपछि उहाँ पटक–पटक विवादको घेरामा तानिनु भएको थियो ।

त्यसमा पनि उहाँको काम गराईको शैलीले कार्यालयभित्रकै कर्मचारीहरु चिढिएका थिए । चौतर्फिरुपमा विवादित भएपछि शिक्षा विभागले उहाँलाई विभागमा समेत तानेको थियो । विभागमा तानिएपछि विदाई भएर जानुभएका तत्कालिन जिशिअ अर्यालले कार्यालयमा रहदा कार्यालयको प्रयोजनका लागि आफूले उपयोग गरेका सामग्रीहरु भने फिर्ता गर्नु भएन ।

सरुवाको रमना लिनु भन्दा अगाडि सम्बन्धित कार्यालयका कार्यालय प्रमुख एवं सबैजसो कर्मचारीहरुले बरबुजारत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बरबुजारत नगर्दासम्म सरुवा भएका कुनै पनि कर्मचारीहरुले रमना पाँउदैनन् । तर, रमना लिएर गइसक्दा पनि तत्कालिन दाङका जिल्ला शिक्षा अधिकारी अर्यालले आफूले उपयोग गरेका कार्यालयका सामग्री नबुझाएर गएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ।

शिक्षा कार्यालय दाङको स्टोर फाँटले दिएको जानकारी अनुसार अर्यालले कार्यालयको बजेटबाट कार्यालयकै प्रयोजनका लागि खरीद गरेको ल्यापटप र मोवाइल सेट स्टोर फाँटमा नबुझाएर सँगै लिएर जानुभएको हो । ‘रमना लिई सरुवा भएर जाँदा बरबुजारत अनिवार्य नै गर्नुपर्छ, यो सरकारी नियम नै हो । तर, तत्कालिन जिशिअ अर्यालले कार्यालयको प्रयोजनका लागि किनिएको ल्यापटप र मोवाइल सेट स्टोर फाँटमा बुझाउनु भएको छैन’, कार्यालय एक कर्मचारीले भन्नुभयो, ‘तर, खै उहाँले किन यस्तो गर्नुभयो ? नगर्नुपर्ने हो, कार्यालयको सम्पत्ती सबैको भएकाले आफू कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा प्रयोग गरेको ल्यापटप र मोवाइल सेट स्टोरलाई आफै आएर बुझाउँदा राम्रो हुनेछ ।’

यस विषयमा शिक्षा कार्यालयलाई बुझ्न खोज्दा तत्कालिन जिशिअ अर्यालले कार्यालय प्रयोजनका लागि किनेको महङ्गो मुल्यको ल्यापटप र मोवाइल सेट स्टोरमा दाखिला भइसकेकोसमेत पाइएको छ । ती सामग्रीहरु स्टोरमा दाखिला भइसकेकाले उहाँले स्टोरलाई अनिवार्यरुपमा बुझाउनुपर्ने र त्यसका लागि पहल गर्ने दायित्व स्टोर फाँटको रहेको बुझिएको छ ।

यता जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले कार्यालय प्रयोजनका लागि कार्यालयबाट ल्यापटप र मोवाइल सेट खरिद भएको आफूले सुनेको र यो विषयमा अझै विस्तृतरुपमा कुरा कार्यालयको स्टोर फाँटलाई थाहा हुने जनाउनुभयो । ‘कार्यालयभित्रका सम्पत्तीका बारेमा स्टोर फाँटलाई नै धेरै कुरा थाहा हुन्छ, तपाईले भनेजस्तै मैले पनि कार्यालय प्रमुखलाई कार्य सम्पादनमा सहजता होस् भन्ने उद्देश्यले ल्यापटप र मोवाइल सेट खरिद भएको सुनेको हुँ’, जिशिअ मैनालीले भन्नुभयो, ‘कार्यालय प्रयोजनमा कार्यालयका कुन–कुन कर्मचारीहरुले सामग्रीहरु उपयोग गरिरहनुभएको छ, यस विषयमा स्टोर किपर नै सबैभन्दा बढि सजग हुनुपर्छ जस्तो लाग्छ मलाई, अनि त्यसमा पनि  सरुवा भएपछि कर्मचारीहरुले सामग्री फिर्ता गरे कि गरेनन् भन्ने विषयमा पनि चासो राख्न आवश्यक छ।’

यसअगाडि कार्यालय प्रयोजनार्थ किनिएको नयाँ मोवाइल सेटसहीतको सिममा आफूले स्टोर किपरबाट सिममात्रै पाएको र पछि मोवाइल समेट प्राप्त नभएपछि पुनः नयाँ मोवाइल सेट किनिएको बताउनुभयो । उता, यस विषयमा बुझ्नका लागि सम्पर्क गर्न खोज्दा अर्याल सम्पर्कमा आउन चाहनुभएन । -निशानदाजु भट्टराई, dangkhabarबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger