|
|
मंगलवार भ्रष्टाचार गरेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर १८ लमहीका प्रमुख बेदानन्द उपाध्यायलाई कालोमोसो दलिएको उक्त पार्टीको भातृसंगठनले विज्ञप्ति मार्फत जानकारी दिएको थियो । अखिल नेपाल किसान संघ क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख थियो ।
सोही अभियोगमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख कुवरे कडायतले एकजनालाई लमहीवाट पक्राउ गरिएको जानकारी दिएपनि नाम भने खुलाउन चाहेनन् । पक्राउ परेका व्यक्ति वारे अनुसन्धान पछि मात्रै उनको सम्लग्नता भए नभएको खुल्ने भएकोले अहिलै नाम नदिने प्रहरीले बताएको छ ।
उनले भने ‘ यदी कसैले गल्ति गरेको थियो भने कानुनी उपचार खोज्न सकिन्थ्यो नि तर, यहाँ कुनै अमुक पार्टीले कारवाहीको नाममा कसैलाई कानुन हातमा लिएर मनपरीगर्ने छुट छैन ।’ उनले पक्राउ परेका व्यक्ति विरुद्ध आज (विहीवार) सर्वाजनिक मुद्दा दायर हुने जानकारी पनि दिएका थिए ।
तर विप्लब माओवादीका एरिया सेक्रेटरी सागर सुवेदीले पक्राउ परेका चौधरी निर्दाेश रहेको दाबी गरेका छन् । ‘कालोमोसो दल्ने अभियानमा चौधरी सम्लग्न नै हुनुहुन्न घटनामा सम्लग्नै नै नभएको व्यक्तलाई प्रहरीले समाप्नु सरासर गलत भएको छ ।
उहाँलाई निशर्त र तत्काल छोडिनुपर्छ ।’ सुवेदीले भने ‘ बजारमा दूध बेचेर घर तर्फ फर्किदै गरेका चौधरीलाई प्रहरीले अपराधिलाई जस्तै गरि नियन्त्रणमा लिनु गतल भएको उनले बताए । ’ एरिया सेक्रेटरी सुवेदीले मंगलवार विहान सवा १० बजेतिर चौधरीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीमा राखिएको भएपनि तत्काल छोड्न माग गरे ।
मंगलवार विप्लब नेतृत्वका कार्यकर्ताहरुले कार्यालय मै पुगेर उपाध्यायलाई भ्रष्टाचार गरेको आरोपमा कालोमासे दलेका थिए । स्रोतका अनुसार उपाध्यायको कार्यकाल बुधवार समाप्त हुँदै छ ।
नीतिगत रुपमा उपभोक्ता समिति मार्फत गरिनुपर्ने कामलाई लाखौ रुपैयाँ कमिसन लिएर ठेकेदार मार्फत काम गराएको आरोप उक्त पार्टीले उपाध्यायमाथि लगाएको छ । बिज्ञप्तीमा आगामी दिनमा पनि भ्रष्टाचार, अनियमितता, घुसखोरी, कालोबजारीयालाई आफुहरुले कार्वाही गर्दै जाने चेतावनी दिएको छ । -तुलसीपुरअनलाइनबाट साभार
Post a Comment