|
|
तुलसीपुर २८-फागुन । दाङ राजपुरको फोहोरा गाउँमा फेरी आगलागी भएको छ ।
साँझ सवा पाँच बजे देखि लागेको आगोले पाँच वटा घर जलिसकेका छन् । स्थानियवासी र नेपाल प्रहरीले आगो नियन्त्रमा लिने प्रयास गरिरहेका छन् ।
मालिकराम यादवको घरबाट सुरु भएको आगोले पाँच जनाको घर जलिसकेको राजपुर गाविसका सचिव तुलसीराम खड्काले जानकारी दिनुभयो ।
केही दिन पहिले सोही गाउँमा भएको आगलागीबाट ४० घर गोठ जलेर नष्ट भएका थिए भने लाखौंको क्षती भएको थियो । -तुलसीपुरअनलाइनबाट
Post a Comment