Headlines News :
Home » » एसीड आक्रमणबाट दाङमा एक जना महिला घाईते

एसीड आक्रमणबाट दाङमा एक जना महिला घाईते

Written By Unknown on Thursday, March 10, 2016 | 9:06 PM


दाङ, २८, फागुन । दाङको घोराहीमा एसीड आक्रमणवाट विहीवार एक महिला घाईते भएकी छन् । घोराही २ गुलरीया निवासी ३२ वर्षीया रिता चौधरी दुई जना यूवाको एसीड आक्रमणवाट घाईते भएकी हुन ।

घाईते चौधरीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रकास राज शर्माले जानकारी दिए ।

एसीड आक्रमण बाट चौधरीको देव्रेकान र गालामा घाउ बनेको छ । पिडित चौधरीका आफन्तले मोटरसाईकलमा आएका दुई जनायूवाले चौधरीमाथि सिरिञ्ज बाट एसीड हानेको जानकारी आएको प्रहरीले बताएको छ ।

घाईते चौधरी किराना पसलमा बसेको समयमा विहीवार साँझ सात बजेतिर एसीड आक्रमण भएको थियो । आक्रमणमा परेकी चौधरीका श्रीमान भारतमा रोजगारीका सिलसिलामा पुगेको जानकारी आएको पनि प्रहरीले बताएको छ ।

तर प्रहरीमा एसीड आक्रमणका बारेमा मुद्दा भने दायर भएको छैन । प्रहरीका अनुसार प्रहरीले अस्पतालमा पुगेर घटनाबारे बुझेर आँफै अनुसन्धानको प्रक्रिया सुरु गरेको जनाएको छ । डिएसी शर्माले पिडित पक्षबाट विहीवार सम्म किटानी जाहेरी नपरेको जानकारी दिए । -तुलसीपुरअनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger