Headlines News :
Home » » विदेशमा रहेका सालाको २५ लाख रुपैयाँसहित श्रीमती लिएर भिनाजु फरार भएपछी…

विदेशमा रहेका सालाको २५ लाख रुपैयाँसहित श्रीमती लिएर भिनाजु फरार भएपछी…

Written By Unknown on Thursday, March 10, 2016 | 8:59 PM


फागुन २८, कञ्चनपुर । आफ्नो परीवारको भरणपोषण र सुन्दर भविष्यको कल्पना गदै विदेशिएका अछाम पातलकोट ८ का राम बहादुर थापालाई तब ब्रजपात प¥यो ।

जब आफ्नै श्रीमती पार्वती विष्ट थापाले ठुलो कष्टका साथ धन कमाई घर पठाएको ठुलो परिणामको रकम समेत लिई उनकै भिनाजु सागर खड्कासँग फरार भईन ।

कैलाली बोराडाँडी बस्ने खड्काले २०७२ फागुन ४ गते हाल हल्दुखाल बस्दै आईरहेकी पार्वती विष्ट थापालाई विभिन्न संहकारी, व्यक्ती र विदेश देखि श्रीमान्ले पठाएको रकम सहित करीब रु.२५ लाख रुपैया लिएर फरार रहेको खुल्न आएको छ ।

उनले लगेको रकम मध्ये फारुवाङ्ग लघुवित्त रु.८० हजार, लक्ष्मी लघुवित्त रु.९० हजार, उदयदेव सहकारी रु.९० हजार, कञ्चन लघुवित्त रु.५० हजार, कलावती चन्द रु.२ लाख, पार्वती देवी धामी रु.८ लाख र तारादेवी धामीको चार आना सुन सहित बाँकी श्रीमान्ले पठाएको रकम गरी रु. २५ लाख बराबरको रकम लगेर फरार भएकी छिन् ।

श्रीमान् जेलमा परेको कहिले छोराछोरी विरामी भएको आदि बहाना बनाई पैसा मागने गरेको यस अघि पनि विभिन्न वहानामा रकम माग गरी फिर्ता समेत गर्ने गरेको, पिडित पक्षले बताए । हाल उनी दुवै बम्बई भएको आफनो रुपैया माग्दा फोनमा समेत धम्की दिनेगरेको पिडित कलावती चन्दले बताईन ।

अहिले पिडित व्यक्ती र संस्था आफ्नो रकम असुली गर्न प्रहरी समक्ष पुगेको छ, फागुन २८ गते सागर खड्ककी श्रीमती ले आफ्नो श्रीमान र भाई बुहारीको विरुद्ध कैलाली प्रहरी कार्यलमा मुद्धा दर्ता गराउने भएकीछन् भने भाई राम बहादुर थापाले ३ वर्ष सम्म विदा नमिल्ने हुनाले भतिजा लाई भनेर मुद्धा दर्ता गर्न लगाएको पिडित पक्षले बताए । निज खड्काका २ छोरी १ छोर छन् भने पार्वती विष्ट थापाका १ छोरा १ छोरी रहेका छन् । -sajhasabalबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger