|
|
दाङ तुलसीपुर २० । आफैले पढाउने छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले मुद्दा चलाएको छ ।
पीडितले दिएको उजुरीका आधारमा पश्चिम दाङको शान्तिनगर गाविस ९ जुम्लेकुला निवासी कृष्ण केसीलाई जबरजस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।
गत फागुन ६ गते शिक्षक केसीले काम छ भनेर कक्षा ९ मा अध्यनरत बालिकालाई खेतमा बोलाएर करणी गरेको प्रहरीले बताएको छ । गाउँमा कुरा नमिलेपछि ढिलो गरी प्रहरीमा उजुरी आएको प्रहरी निरिक्षक रोकाले बताउनुभयो । ओपेन्द्र बस्नेत, dangkhabarबाट
Post a Comment