|
|
तुलसीपुर, १३ चैत । प्रहरीले तरवार र खुडा सहित दुई जना यूवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर १० दमार गाउँ निवासी संजय परियार र विमल घर्ती रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनीहरुको साथवाट एक थान खुडा र एक थान तरबार फेला परेको प्रहरीले बताएको छ । उनीहरुलाई सार्वजनिक मुद्दा चलाएको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै यूवाहरुको उमेर नखुलाइएको भएपनि उनीहरुले हातमा तरबार र खुडा लिएर स्थानीयलाई आतंकीत पारेको भन्ने सूचनाको आधारमा विहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटना घट्न नपाएपनि तुलसीपुरमा पछिल्लो समयमा दिनदाहाडै तरवाल र खुडा लिएर केही यूवाहरु चाराचार गर्दै बजार आतंकीत पार्दै आएका छन् । खुलेयामा हातमा तलबार र खुडा लिएर बजारमा दुई पक्षका बीचमा लखेटा लखेट हुँदा समेत प्रहरीले त्यस्तो कार्यमा सम्लग्न हरुलाई नियन्त्रणमा लिन र शान्ती सुरक्षा भरपर्दा बनाउन भूमिका निर्वाहगर्न सकेको देखिदैन । तुलसीपुर अनलाइनबाट साभार

Post a Comment