Headlines News :
Home » » दाङ व्यापारिक महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला आजदेखि सुरु

दाङ व्यापारिक महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला आजदेखि सुरु

Written By Unknown on Thursday, March 3, 2016 | 6:57 PM


दाङ, फागुन २१ । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२’ आजबाट सुरु हुँदैछ । घोराहीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्नका लागि दाङ जिल्ला उद्योग वाणीज्यले आजदेखि फागुन ३० गतेसम्म आयोजना गर्न थालेको महोत्सवको आज दिउँशो १२ वजे योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गर्दै हुनुहुन्छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ घोराही नगरपालिका ५ नवलपुरमा हुने महोत्सव ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोड रुपैयाको आर्थिक कारोबार हुने अपेक्षा रहेको महोत्सव आयोजक मुल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ११ वजे घोराहीको कर्मचारी मिलन केन्द्रबाट शोभायात्रा निकालिने छ । शोभायात्रामा १७ वटा झाँकीसहित विद्यालय, टोलविकास संस्था र अन्य संघसंस्थाहरुका ¥यालीको सहभागिता रहने छन् । जसमा झुम्रा, पञ्चेवाजा, शंखध्वनि, अवधी, मयुर, वड्का, थारुलगायतका लोक संस्कृति समेटिएका झाँकीहरु शोभायात्रामा सहभागी हुनेछन् । -dangkhabarबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger