|
|
डिभिजन प्रमुख वेदानन्द उपाध्याय माथी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कालोमोसो छ्यापेका थिए । उपाध्यायले भ्रष्टाचार गरेको आरोपमा कालोमोसो छ्यापेको कुरा स्वीकार्दै माओवादीले उक्त कुरा कारवाहीको प्रक्रिया भएको र उचित रहेको समेत वताएको छ ।
नेकपा माओवादीका जिल्ला सेक्रेटरी सितलले प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका जिल्ला सदस्य एकराज चौधरीको रिहाईको माग समेत गर्नुभएको छ । उपाध्यायको भ्रष्टाचारजन्य गतिविधिवाट आक्रोशित किसानहरुले कारवाहीस्वरुप कालोमोसो दलेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालको कर्मचारी तन्त्रमा मौलाउदै गएको भ्रष्टाचारले किसानहरु आक्रोशित हुनु र कारवाही थाल्नु स्वभाविक कुरामा भएपनि प्रहरी प्रशासनले भ्रष्टाचारविरोधि अभियानमा लाग्नेहरुलाई सहयोग नगरी वल प्रयोग गरेर पक्राउ गर्नु निन्दनिय कार्य भएको उल्लेख छ । पक्राउ परेका आफ्ना कार्यकर्ता चौधरीको विना सर्त रिहाई गर्न र रिहाई नभए कडा संघर्ष गर्न वाध्य हुने माओवादीले जनाएको छ । सितलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भ्रष्टाचार विरुद्ध गतिविधि अझ शशक्त वनाउने कुरा उल्लेख छ ।
Post a Comment