|
|
दुर्घटनामा परेका मध्य गोवरडिया १ बाघमरुवा निवासी २० वर्षीया ऋणा कुमाल , रोल्पा लिवाङ निवासी ३६ वर्षीय काशिराम थापा र चौधरी थरकी एक जना वृद्ध महिलाको अवस्था गंभिर रहेको छ । ति बृद्ध महिलाको आफन्त कोही नहुनु र यो खबर तयार पार्द सम्म होस पनि नखुलेकोले नाम र ठेगाना खुल्न नसकेको जानकारी दिइएको छ ।
घाइतेहरु संगै रहेका राप्ती अंचल सार्वजनिक यातायात समितिका दुर्घटना इन्चार्ज शंकर चौधरीका अनुसार घाइते १३ जना मध्य हेकुली ८ चखौरा निवासी ३० वर्षीय सन्तोष चौधरी, उनकी श्रीमती २४ वर्षीया गिता चौधरी र उनका साढे ८ वर्षीय छोरा शारद चौधरीको उपचार भइरहेको छ ।
उनीहरु सबैलाई हातखुट्टामा चोट लागेको छ । सोही ठाउँ निवासी २६ वर्षीया गिता चौधरीको पनि संगै उपचार भइरहेको छ । उनलाई पनि खुट्टामा चोट लागेको छ । उक्त वस दुर्घटनामा परि पवननगर गाविस वडा नं.२ भमके निवासी २२ वर्षीय टिका गिरी, सोही ठाउँ निवासी डिल्ली गिरीलाई पनि हात र खुट्टामा चोट लागेको छ । पंचकुले ६ मधौरी निवासी २३ वर्षीय प्रकाश बस्नेतलाई खुट्टामा चोट लागेको छ ।
त्यसैगरी रुकुम स्यालाखादी निवासी गंगा वलीलाई छातिमा चोट लागेको छ । दुर्घटनामा परि बुटवल ९वेशक्याम्प निवासी ४० वर्षीय कमल आचार्यलाई पनि शरिरका विभिन्न भागमा चोट लागेको छ । तर उनीहरु सबैको अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले बताएको छ । त्यस्तै एकजनाको चन्द्रटामा उपचार भइरहेकोले नाम खुल्न सकेको छैन ।
थप २२ जना सामान्य घाईतेहरु
उक्त दुर्घटनामा परि थप २२ जना यात्रु सामान्य घाईते भएका थिए । भालुवाङको उपचारपछि अधिकाँसलाई घर पठाइएको भाालुवाङवाट राप्ती समितिका सचिव नारायण न्यौपानेले जानाकारी दिए । सचिव न्यौपानेका अनुसार दुर्घटनामा परि गाडिधनी पंचकुले निवासी ३० वर्षीय सन्तोष बस्नेत, चालक श्रीगाउँ निवासी ३५ वर्षीय बनिराम चौधरी घाईते भएका छन् ।
रोल्पा झेनामका २८ वर्षीय चन्द्रबहादुर घर्ती, पंचकुले निवासी ३२ वर्षीय मिलन केसी, भालुवाङका २६ वर्षीय सुरज जिएम, पंचकुले निवासी ३१ वर्षीय खिमबहादुर भण्डारी, गढुवा निवासी २५ वर्षीय राजेश कुमाल, सिसहनीया निवासी २६ वर्षीय एकराज चौधरी, पवननगर निवासी ३२ वर्षीय विर्जु परियार, तुलसीपुर डाँडाखुटी निवासी २२ वर्षीय गोपाल वली र सोही ठाउँ निवासी २४ वर्षीय राजन विक घाईते भएका छन् ।
त्यसैगरी उक्त दुर्घटनामापरि रुकुम महतका २८ वर्षीय गणेश मगर, दाङ गंगापस्पुर निवासी २७ वर्षीय कृष्ण चौधरी, गढुवा मनिकापुर निवासी २५ वर्षीय सुशील आले,अर्घाखाँची जिल्ला निवासी नारायण भुषाल, दाङ पंचकुले कारितारा निवासी २७ वर्षीय टेकबहादुर बुढाथोकी,रोल्पा निवासी ३६ वर्षीय जुद्धबहादुर घर्ती, दाङ गढुवा ४ का २५ वर्षीय शरद सेन ठकुरी, रोल्पा झेनाम निवासी २९ वर्षीय तिलक घर्ती, दाङको पंचकुले कृष्णपुर निवासी २६ वर्षीय लालबहादुर डाँगी, लालमटीया २ खुरहरीया निवासी २६ वर्षीया हिरारानी चौधरी र सौडियार निवासी २८ वर्षीय संजिव चौधरी घाईते भएका छन् । सामान्य घाईतेहरुको भालुवाङ स्थित शान्ती मेडिकलमा उपचार पछि घर पठाइएको राप्ती समितिका सचिव नारायण न्यौपानले जानकारी दिए ।
दाङको धानखोलामा भएको यात्रुवहाक वस दुर्घटनामा परि ३६ जना यात्रु घाईते भएका थिए । काठमान्डौ वाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको राप्ती अंचल सार्वजनिक यातायात समितिको ना ४ ख १०७६ नम्वरको रात्री वस गोवरडिया १ मा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी प्रमुख कुवरे कडायतका अनुसार शुक्रवार विहान ५ बजेतिर भएको उक्त वस दुर्घटनामा परेको जानकारी दिएका छन् । वस विद्युतको पोलसंग ठोक्किएर उक्त दुर्घटना भएको थियो । एसपी कडायतका अनुसार चालक निदाएर वा अत्यधिक गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । -नारायण खड्का, तुलसीपुरअनलाइनबाट साभार
Post a Comment