Headlines News :
Home » » घोराही रझेनाका महरा डबरीमा मृत भेटिए, घटना रहस्यमयी

घोराही रझेनाका महरा डबरीमा मृत भेटिए, घटना रहस्यमयी

Written By Unknown on Monday, March 28, 2016 | 10:49 PM


घोराही १६- चैत । दाङमा मंगलबार एक पुरुषको शब फेला परेको छ ।

घोराही नगरपालीका ५ रझेनाको बालुवाटार निबासी ३८ बर्षिय विष्णुबहादुर महरा घोराही नगरपालिका ४ डबरीमा मृत अबस्थामा भेटिएका हुन् । डबरी देखी चौघेरा जाने सडकमा गाडिले किचेको अबस्थामा शब फेला परेको हो । महराको टाउँकोमा गाडिको टायरले च्यापेको छ भने शरिरमा पनि चोट रहेको छ ।



घटनाको प्रकृति हेर्दा घटना स्थलमै गाडीको ठक्करबाट मृत्यु भएको जस्तो नदेखिएको प्रहरीले बताएको छ । गएराती पौने ११ बजे तिर एउटा गाडि आएको र त्यहाँ रोकेको समेत स्थानियहरुले बताएका छन् । घटना प्रकृति हेर्दा अन्त कतै हत्या गरी त्यहाँ लगेर गाडिले च्यापेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

शबलाई पोष्टमार्टम गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी प्रकाशराज शर्माले जानकारी दिए । महरा केही समय पहिले रोल्पाको जेदवाङबाट घोराही झरेको आफन्त विश्वराज महराले बताए । बस व्यवसायी रहेका महरा हिजो दिउसो १ बजे घरबाट निस्केको परिवारले जनाएको छ । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger