|
|
दाङ २८, फागुन । आपूर्तिमन्त्री गणेशमान पुनले पाँचनम्वर प्रदेशको ईन्धन डिपो तुलसीपुरमा स्थापना हुने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो ।
संघले मन्त्री पुनलाई दाङको एकमात्र टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन एवं धावनमार्गको स्तरोन्नती, हवाई सेवालाई नियमित गर्न इन्धन डिपो अत्यावश्यक भएकाले तत्काल इन्धन डिपोको काम थालनी गर्नुपर्ने मागसहितको ज्ञापनपत्र समेत बुझाएको थियो । संघका अध्यक्ष बिमल रिजालले ज्ञापनपत्र बुझाउँदै सुविधा सम्पन्न बहुआयामीक सभागृह निर्माणका लागि बजेटको बिनियोजत गरी निर्माण कार्य अगाडि बढाईसमेत अनुरोध समेत गर्नुभएको ।
संघको ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले उद्योग वाणिज्य संघले उठाएका मागहरु सकारात्मक भएको भन्दै केन्द्रमा आफूले पहल गर्ने बताउनु भयो । त्यसैगरी उहाँले दाङमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रक्रिया सुरु गरको भन्दै तत्काल आफूले उक्त कार्यको थालनी गर्न नेपाल आयाल निगमलाई निर्देशन दिएको बताउनुभयो । नेपाल सरकारको नीति अनुरुप सातवटा प्रदेशहरुमा सातवटा इन्धन डिपो निर्माण गर्न निर्णय गरिसकेकाले प्रदेशनम्वर ५ को इन्धन डिपो दाङमा स्थापना हुने मन्त्री पुनको भनाइ थियो ।
त्यस्तै मन्त्री पुनले चीनसँंग इन्धन आयतका लागि अन्तिम तयारी भएको भन्दै इन्धन आयातको विभेदीकरण हुने बताउनुभयो । उहाँले कालोबजारी नियन्त्रण गर्न सरकार लागिपरेको भन्दै उद्योगी व्यवसायीहरुलाई मुल्य सुचि राख्न आग्रह गर्नुभयो । कार्यक्रममा पुनले वजारमा हरेक वस्तु र सेवा गुणस्तरीय बनाउन लाग्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघले आफूहरुले उठाउँदै आएका मुद्धालाई राज्यले सम्वोधन गरेको भन्दै मन्त्री पुनलाई धन्यवाद समेत दिएको थियो । संघका अध्यक्ष विमल रिजालको अध्यक्षता एवं आपूर्ति मन्त्री गणेश मान पुनको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा भेटघाट कार्यक्रममा बरिष्ठ उपाध्यक्ष विरु रावतले धन्यवाद ज्ञापन गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो । शरद रेग्मी, dangkhabarबाट साभार
Post a Comment