Headlines News :
Home » » तुलसीपुर–सुर्खेत सडक कालोपत्रे गर्न व्यवसायीहरुको ध्यानाकर्षण

तुलसीपुर–सुर्खेत सडक कालोपत्रे गर्न व्यवसायीहरुको ध्यानाकर्षण

Written By Unknown on Monday, April 4, 2016 | 5:37 AM


तुलसीपुर २२ -चैत । तुलसीपुर–सुर्खेत सडक तत्काल कालोपत्रे गर्नु पर्ने माग राख्दै तुलसीपुर जिप तथा माईक्रो मिनिबस बस व्यवासयी समितिले सडक डिभिजन कार्यालय दाङको ध्यानाकर्षण गराएको छ ।

निर्माण व्यवसायीको लापर्वाहीका कारण सडक लामो समय वितिसक्दा समेत कालोपत्रे नहुदा यातायात व्यवसायीहरुलाई निकै सास्ती भोग्नु परेको भन्दै समितिले सोमवार कार्यालयमा पुगी ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष पवनराज वुढाथोकीको नेतृत्वमा उपाध्यक्ष डिल्ली भण्डारी कल्यानकारि सचिव निमकुमार श्रेष्ठ, प्रशासनिक सचिव रामबहादुर डाँगी, सदस्यहरु धनसिं खत्री, अभिमन्यू गिरी, ज्ञान्द खडकालगायतको टोलिले सवारीसाधन गुड्दा सडक धुलामे हुदा पछाडीको गाडिले अगाडिको गाडि देख्न नसक्ने, पैदल हिड्ने सर्वसाधारण र यात्रु सबै धुलामे हुदा स्वास्थ्यमा गम्भिर असर परेको, भन्दै ध्यानकर्षण गराएका हुन ।



त्यसैगरी तुलसीपुर हापुरे सडक खण्ड कच्चि भएका कारण ओटासील गरिएको बाघमारे सडमा गाडिको अत्याधिक चाप हुनुका साथै साँगुरो सडक र घुम्तिका कारण दुर्घटना बढेको भन्दै सडक कालोपत्रेका लागि तत्काल पहल अघि बढाउन समतिले आग्रह गरेको हो । समितिका अध्यक्ष सहीतको टोलिले सडकको ध्यानकर्षण गराएको समितिका प्रशासनिक सचिव रामबहादुर डाँगीले बताए ।

त्यसैरी तुलसीपुर ८ मा रहेको राधाकृष्ण टोलविकास संस्थाले पनि सडकडिभिजनको लापर्वाहिका कारण सडक छेउछाउँमा रहेका घरपरिवारको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सडक निर्माणका लागि आग्रह गरेको छ ।

संस्थाका अध्यक्ष जितबहादुर खडकाले सवारीसाधानले उडाएको धुलोले करेसाबारीमा लगाएको सागपात, धोएर सुकाएको लत्ताकपडा, र भान्छा सम्म ढाक्ने भएकाले स्थानियबासीहरु अत्यन्तै प्रताडित भएको भन्दै जतिसक्यो छिटो माग पुरा गर्न अनुरोध गरेका थिए । । चैत्र महिना भित्रे काम सुरु नभए बैशाखको पहिलो हप्ता देखि तुलसीपुर हापुरे सडक खण्ड अवरुद्ध गर्ने अध्यक्ष खड्काले चेतावनी दिएका थिए ।

सो अबसरमा सडक डिभिजन दाङका निमित्त प्रमुख जयन्त्र पौडेलले ठेकेदार भागेका कारण समस्या उत्पन्न भएको भन्दै सडक निर्माणको काम पुनः सुचारु गर्न पहल गरिरहेको बताए । आर्थिक बर्ष २०७०÷२०७१ मा स्टेमेट गरिएको निर्माणकार्यको काम २०७२:७३मा पुनः टेन्डर आब्हान गर्दा ढाइ करोडको तलमाथी पर्ने भन्दै पुरानै निर्माण व्यवसायिलाई काममा फर्काउने प्रयास भइरहेको निमित्त प्रमुख पौडेलले बताए । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger