|
|
पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेण्ट लागेर लमही नगरपालिका–४ निवासी अनिता चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उपचारको क्रममा जिल्ला अस्पताल विजुवार ल्याउँदै गर्दा आज९आईतवारं० साँझ साढे ६ बजे बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौरले जानकारी दिए ।
१९ वर्षिय मृतक चौधरी प्यूठान नगरपालिका–१३ रातामाटा स्थित अनिता थापाको घरमा श्रीमानसँगै मजदुरी गर्दै आएकी थिईन । घर निर्माण गर्ने काममा उनीसंलग्न रहेको प्रहरीले जनाएको छ । मृतकको शव विजुवारस्थित सव गृह९लास घर०मा राखिएको प्रनाउ राठौरले टेलिफोनमा जानकारी गराए ।
पोष्टमार्टवपछि भोली सोमवार आफन्तलाई सव बुझाईने उनले बताए । -तुलसीपुर अनलाइनबाट
Post a Comment