Headlines News :
Home » » राप्ती अंचल अस्पतालमा अक्सिजन प्लान्ट र खानेपानी डिपवोरिङ

राप्ती अंचल अस्पतालमा अक्सिजन प्लान्ट र खानेपानी डिपवोरिङ

Written By Unknown on Thursday, June 9, 2016 | 10:26 PM


बालाराम खडका/जेठ २८, दाङ  । जनशक्ति अभावमा विशेषज्ञ सेवा सुरु गर्न नसकेको राप्ती अंचल अस्पताल तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट र खानेपानी आपूर्तिका लागि भने डिपवोरिङको निर्माण हुने भएको छ ।

अस्पतालाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लाण्ट निर्माणको काम केही दिनमानै सुरु हुने अस्पताल विकाश समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिएका छन् । यो प्लान्ट  नेपालमै पहीलोपटक सरकारी अस्पताल अंचल अस्पतालले सुरु गर्न लागेको हो ।



नेपाल सरकारबाट प्राप्त सहयोग एक करोड २५ लाख वजेट वाट ग्यास प्लाण्ट र खानेपानीको डिपवोरिङ निर्माण हुने अस्पतालले जनाएको छ । अक्सिजन ग्यास प्लान्टको लागि करिव ८० लाख वरावरको टेण्डर भएको र निर्माणको जिम्मा पाएको मेडि अक्सिजन प्रालिलाई सो निर्माणको जिम्मा दिएको बताएको छ ।

अक्सिजन निर्माण संगै अस्पताललाई आर्थिक भारपनि कम हुने बताएको छ । ‘ अक्सिजन प्लान्टको लागि टेण्डरको काम सवै सकीएको छ निर्माणको जिम्मा पाएको कम्पनीले असारमहिना भित्रनै योजना सुरु गर्ने बताएको छ –शर्माले भने ।’ उनले सो प्लान्ट निर्माण संगै अस्पतालाई आवश्यक पर्ने अक्सिजन वाहिरवाट ल्याउनु नपर्ने र अस्पताललाई आर्थीक भारपनि कम पर्ने बताए ।

हाल दैनिक ४ सिलण्डर ग्यास अस्पतालमा खपत हुदै आएको अस्पतालका मेसु डा भोलाराम श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी अस्पतालमा हाल खानेपानीको समस्या भई रहेको भन्दै खानेपानी आपूर्तिका लागि अस्पताल परिसरमा डिपवोरिङ निर्माण गर्ने अस्पतालले जनाएको छ ।

शर्माका अनुसार २० लाखको टेण्डर आह्वान गरी डिपवोरिङको योजनापनि अगाडि बढाएको बताए । ‘खानेपानीको आपूर्तिका लागि डिपवोरिङ निर्माणपनि गर्न लागेका छौं, सवै प्रकृया पुरा भएको छ, अव केही दिनमानै सो काम पनि सुरु हुन्छ-शर्माले भने । डिपवोरिङ निर्माण संगै अस्पतालमा पानीको अभाव कम हुने पनि बताएको छ । त्यसैविच अंचल अस्पतालले करिव १० लाखको लागतमा डिजिटल एक्सरे मेसीन ल्याएको छ ।

अस्पतालमा डिजिटल एक्सरे मेसिन नहुदा विरामीहरु अनेत्र जान वाध्य भएका थिए । अस्पतालमा डिजिटल एक्सरे जडान संगै सेवामा पनि सहजता भएको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालमा निर्माण भएको रक्तसञ्चार भवनमा व्लड वैक सञ्चानका लागि भौतिक समाग्रीहरु खरीद गरी व्लड वैंक सञ्चालन गर्ने तयारी गरेको पनि बताएको छ ।

त्यसैगरी अस्पतालमा लाखौ रकम खर्च गरेर निर्माण भएको आइसियू सेवा भने सञ्चालनमा आउन सकेको छैन् । अस्पतालले आइसियूका लागि पूर्वाधार तयार भएपनि जनशक्ति अभावले सो सेवा दिन नसकेको बताउदै आएको छ । जसका कारण यहाँवाट विरामीहरु अनेत्र रिफर हुने समस्या भने जिउका त्यु रहेको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger