Headlines News :
Home » » दाङका २१ मेनपावर सन्चालक र कागजात प्रहरी नियन्त्रणमा (म्यानपावरका नामावलीसहित)

दाङका २१ मेनपावर सन्चालक र कागजात प्रहरी नियन्त्रणमा (म्यानपावरका नामावलीसहित)

Written By Unknown on Tuesday, June 28, 2016 | 6:42 AM


असा १४, दाङ । रजिल्ला प्रहरी कार्यालय दाङले जिल्लास्थित २१ वटा मेनपावर कम्पनीका सन्चालक र तिनका कागजातहरु नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।



अनुमति नभएका विभिन्न देशमा समेत अवैध तवरले वैदेशिक रोजगारीमा पठाँउदै आएको भन्ने उजुरीका आधारमा ति मेनपावरका सन्चालक र कागजात नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

प्रहरीले गौरीशंकर ओभरसिज प्रा.लि. घोराही, लक्की एचआर सोलुसन घोराही, जुपिटर ओभरसिज प्रा.लि.घोराही, लाईफलाईन ओभरिसज प्रा.लि.घोराही, जवट्रयाक ओभरसिज प्रा.लि.घोराही, मोन्टेज ओभरसिज प्रा.लि. घोराहीका सन्चालक र कागजात नियन्त्रणमा  लिएको जनाएको छ ।

यसैगरी शेर्पा ईन्टरनेश्नल प्रा.लि.घोराही, रिभाईभ नेपाल प्रा.लि.घोराही, मोभेरा एचआर सर्भिस प्रा.लि.घोराही,द रिभर ओभरसिज प्रा.लि. घोराही, एसओएस प्रा.लि.घोराही, लालधनुष ईन्टरनेश्नल प्रा.लि.घोराही, ग्लोवल ईन्टरनेश्नल रिकुटमेन्ट प्रा.लि.तुल्सीपुरका सन्चालक र कागजात प्रहरी नियन्त्रणमा छन ।

यस्तै, शेर्पा ईन्टरनेश्नल कन्सल्टेन्सी प्रा.लि.तुल्सीपुर, दि आरएस ओभरसिज प्रा.लि.तुल्सीपुर, कान्तिपुर मेनपावर सर्भिस प्रा.लि.तुल्सीपुर, मदरल्याण्ड ओभरसिज प्रा.लि.तुल्सीपुर, जव प्रेशमेन्ट सर्भिस प्रा.लि.तुल्सीपुर, गोल्डेन ईगल मेनपावर लमही, जेनेटिक मेनपावर लमही, र लालधनुष मेनपावर लालमटिया भालुवाङका सन्चालक र कागजात निन्त्रणमा लिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो । स्रोत: इन्द्रेणी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger