Headlines News :
Home » » सल्यानमा स्वास्थ्य चौकी भवनको छाना हावाहुरीले उडाउदा सेवा प्रवाहमा समस्या

सल्यानमा स्वास्थ्य चौकी भवनको छाना हावाहुरीले उडाउदा सेवा प्रवाहमा समस्या

Written By Unknown on Friday, June 3, 2016 | 5:50 AM


दिपक शर्मा-२१, जेठसल्यान । निगालचुला स्वास्थ्य चौकी भवनको छाना हावाहुरीले उडाउदा सेवा प्रवाहमा समस्या भएको छ । गत हप्ता पानीसँगै आएको हावाहुरीले भवनको छाना उडाउँदा सेवा प्रवाहमा समस्या भएको हो ।



दुईकोठे भवनको सम्पूर्ण छानानै हावाले उडादिएपछि औषधिदेखि विरामी जांच  गर्नसम्म समस्या भएको निगालचुला स्वास्थ्य चौकीका प्रमुख तुलाराम रानाले जानकारी दिए  । उनले भने, ‘गतसाता पानीसँगै आएको हावाहुरीले चौकीको सम्पूर्ण छाना उडाईदियो, औषधिहरु भिजेर काम नलाग्ने हुन थालिसके, दिनमा ४÷५ जना विरामी आइरहन्छन् विरामीलाई सुताएर उपचार गर्ने ठाउँ छैन् ।  लगातार पानी परि हेको छ ।’

गतसाल आएको बाढि पहिरोको स्वास्थ्य चौकीको भवन बगाईदिएपछि विद्यालयको दुई कोठामा स्वास्थ्य चौकी राखिएको छ ।उक्त भवनको छाना पनि हावाहुरीले उडाए पछि उपचारमा समस्या भएको प्रमुख रानाले बताउनु भयो ।

उनले भने, “गतसाल भएको बाढिपहिरोले कार्यालय सहयोगी सहित भवन सबै बगायो , त्यसपछि विद्यालयसँग दुईकोठा मागेर काम चलाई रहेका थियौ त्यो पनि हावाहुरीले लगिहाल्यो विरामीहरुको उपचार तथा औषधिको उपचार गर्न  समस्या छ ।”

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger