Headlines News :
Home » » आजदेखि 'प्यूठान–काठमाण्डौँ' हायस संचालन (बस छुट्ने समय र भाडा तालिका सहित)

आजदेखि 'प्यूठान–काठमाण्डौँ' हायस संचालन (बस छुट्ने समय र भाडा तालिका सहित)

Written By Unknown on Tuesday, June 14, 2016 | 10:24 PM


केशर रोका/असार १, प्युठान । यात्रुहरुको माग र चाहना अनुसार स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति विजुवार प्यूठानले समयानुकुल सेवा विस्तार गर्दै आईहरेको छ । यात्रुहरुको ‘प्यूठान–काठमाण्डौँ’ हायस संचालन गर्ने माग समितिले आज(बुधवार)देखि पुरा गरेको छ ।




सदरमुकाम खलंगादेखि राजधानीका लागि आजबाट औपचारिक रुपमा दिवा सेवा हायस संचालन गरिएको समितिका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

‘खलंगाबाट विहान पाँच वजेदेखि हायस छुटाएका छौँ’,उनले भने,‘आजदेखि नियमित संचालन भयो ।’ काठमाण्डौँका लागि हाल प्रचलित भाडामा २५ प्रतिशत रकम थप गरिएको उनले जानकारी गराए ।

१३ वर्ष अघि स्थापना भएको समितिले जिल्लाबाट पहिलो पटक हायस सेवा संचालन गरेको उनले जानकारी गराए । हाल समितिमा १ सय २० जना व्यवसायीहरु आवद्ध रहेको उनले बताए । यात्रुहरुको चाहना अनुसार यातायात क्षेत्रलाई समयानुकुल बनाउँदै लैजाने समितिका अध्यक्ष शुनिल बस्नेतले बताएका छन् ।

आगामी भदौ १ गतेदेखि भरतपुर क्यान्सर हस्पिटल चितवनलाई मध्यनजर गर्दै डिलक्स बस समेत संचालन गर्ने तयारी भईरहेको उनले जानकारी गराए । मंगलवार समितिको सभाहल जुम्रिमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले यात्रुमैत्री व्यवहार, सुरक्षित एवं भरपर्दो यात्रा र समितिका क्रियाकलापहरुलाई पारदर्शी बनाउनेमा आफू सदैव प्रतिवद्ध रहने उल्लेख गरे ।

‘जिल्लामा प्रा.लि.खोल्ने पनि चर्चा चलिरहेको छ’,बस्नेतले भने,‘व्यवसायीहरु छरिएर होईन सँगै सहयात्रा गरेर अघि बढ्नुपर्छ ।’ सडक संचालन भएको स्थानमा यातायात संचालन गर्न आफूहरुले कुनै कन्जुस्याँई नगर्ने समेत उनले प्रतिवद्ध जनाए ।

प्यूठान–काठमाण्डौँ हायस संचालन समय र भाडादर
देखि           सम्म               समय              भाडा(रु)
खलंगा    काठमाण्डौँ            विहान ५ बजे     ११,००।–
बाग्दुला   काठमाण्डौँ           विहान ५:३० बजे १,०६२।–
जुम्रि       काठमाण्डौँ           विहान ६ बजे       १,०५०।–
चेरनेटा    काठमाण्डौँ                                   १,०३७।–
चकचके    काठमाण्डौँ                                  १,०१२।–
काठमाण्डौँबाट फर्कने समय
काठमाण्डौँ(गोंगवु बसपार्क छिर्ने गेट) खलंगा विहान ६ बजे
काठमाण्डौँ(विजिमल) स्वर्गद्धारी विहान ६ः३० बजे
काठमाण्डौँ सम्पर्क नं. : ९८६६८३३३९९
स्रोत : स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति, प्रधान कार्यालय विजुवार जुम्रि प्यूठान । -तुलसीपुर  अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger