असार १, दाङ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले पश्चिम दाङबाट थप सेवा सुरु गरेको छ ।
|
फाइल फोटो |
यस अघि पुरन्धारा हंशपुर हुदै काठमाडौल र तुलसीपुर हापुरे हुदै सुर्खेतसम्म बस सञ्चालन गर्दै आएको छ । अब समितिले पुरन्धारा हंशपुर बगाले हुदै नेपालगञ्जसम्म सेवा सुरु गरेको छ । यसैबिच हापुरे उद्योग वाणिज्य संघले थप सुरु गरेकोमा राप्ती अञ्चल सार्वजनिक यातायात समितिलाई धन्यवाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले एक विज्ञप्ति मार्फत पश्चिम क्षेत्रको यातायात क्षेत्रलाई सहज बनाउन अग्रसर रहेको भन्दै थप सेवा सञ्चालन गर्न समेत आग्रह गर्नुभएको छ ।
उता तुलसीपुर ट्याक्सी तथा मिनी माइक्रो व्यवसायी समितिले हापुरे तुलसीपुरको भाडाँदर समायोज नगरेको भन्दै हापुरे उद्योग वाणिज्य संघले विरोध जनाएको छ । समितिका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले एक विज्ञप्ति मार्फत २२ किलोमिटरको भाडा दर एक सय लिने गरेको भन्दै विरोध जनाउनुभएको छ ।
२२ किलोमिटरमा कतिपय स्थानमा ओटासिल गरिएको छ तर पनि हापुरेदेखि तुलसीपुरसम्म जादाँ यात्रुहरुलाई भाडामा ब्रह्मलुट मच्चाएको बताइएको छ । पटक पटक जिल्ला प्रशासन कार्यालय र समितिलाई जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको विज्ञप्तिमा जनाइएको छ । इन्द्रेणी अनलाइनबाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment