|
|
साउदीबाट फर्किएपछि सितारामले कवितालाई घर छाड्न दावाव दिइरहेका छन् । आजै छाड, भोली नै छाड भनेर दिनदिनै कचकच गरेपछि कविता दुईटा छोरो डोर्याउँदै न्याय खोज्न हिँड्नु भएको छ । परिवारका अरु सदस्यले पनि कवितालाई राम्रो व्यवहार गर्दैनन् । सिताराम भने घर र काठमाडौं आउजाउ गरिरहन्छन् । साउदीबाट फर्किँदा पनि सिताराम एक हप्ता काठमाडौं बसेका थिए ।
कविताको शंका छ ‘अर्को बिहे गरेका छन् । त्यही भएर मलाई राम्रो गर्दैनन् । छोराहरुलाई पनि देख्न सक्दैनन् । मसँग दिनै छाडपत्र माग्छन् ।’ सितारामसँगै जिन्दगी काटौंला भनेर आएकी कविताले छाडपत्र दिन सक्नु भएन । बरु न्यायका लागि सहयोग माग्दै महोत्तरीको बर्दिबास पुग्नु भएको छ ।बर्दिबासमा भेटिएकी कविताले हातमा लागेको चोट देखाउँदै भन्नुभयो ‘श्रीमानले फर्किए पछि कुटेको चोट हो । मलाई खेदेर अर्की भित्र्याउन खोजी रहेका छन् ।’
सितारामले पहिला पनि कवितालाई राम्रो गर्दैनथे । छोरा जन्मिँदा समेत न्वारन गर्न मानेका थिएनन् । तर विदेश गएपछि मन फर्किएला भन्ने आश थियो । तर झनै कठोर बनेर फर्किए सिताराम ।
उनीहरुका ६ र ७ वर्षका दुई छोरा छन् । बुबाले हेला गरेपछि उनीहरुको पनि विचल्ली भएको छ । न्याय खोज्दै हिँडेकी कवितासँगै उनीहरु पनि बर्दिबासतिरै छन् । कविता महिला अधिकारकर्मीहरुलाई सहयोग माग्दै हुनुहुन्छ ।
घरखर्च कहिँबाट पनि नपाएपछि रामेछापमा भएको माइतीबाट ल्याएर धान्दै आउनु भएको छ । कविता भन्नुहुन्छ, ‘यस्तो अवस्था हुँदापनि बाबु माइतीले विवाह गरेर दिएको घर भनेर सहेरै बसेँ । अब त अति भो । कसरि सहौं ?’ जनार्दन पोखरेल/उज्यालो अनलाइनबाट
Post a Comment