|
|
रोल्पा उद्योग वाणिज्य सङ्घद्धारा सञ्चालित किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले प्रभातफेरी निकालेको हो । यथार्थ संकेत पत्रसहितको बीउ, उन्नत, गुणस्तरीय एवम् शुद्ध बीउको प्रयोग र खुला रूपमा पाइने बीउ प्रयोग नगर्न कृषकमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका जिल्ला कृषि व्यवसाय विकास सल्लाहकार सुरेस कँडेलले जानकारी दिए ।
शुद्ध बीउ प्रयोगबाट मात्र खाद्यान्न उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालय, रोल्पाका बरिष्ठ कृषि विकास अधिकृत किशोर प्रसाद पन्तले बताए । बजारमा खुला रूपमा विक्री गरिएको बीउमा ‘उमार शक्ति’ कम हुने उनको भनाइ छ ।
त्यस्तै रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बालकृष्ण सुवेदीले बीउमा जिल्ला आत्मनिर्भर नभएकाले केयुबिके कार्यक्रममार्फत बीउमा जिल्लालाई आत्मनिर्भर बनाउने योजना रहेको बताए । बीउ उत्पादनका लागि किसानलाई समूहगत रूपमा अनुदानसहितका कार्यक्रम सञ्चालन गरिएको उनले बताए । आर्थिक समृद्धिका लागि कृषिक्षेत्र महत्त्वपूर्ण भएकाले यसको विकासमा सम्बन्धित क्षेत्र गम्भीर बन्नुपर्ने उनको धारणा छ । तुलसीपुर अनालैन
Post a Comment