Headlines News :
Home » » राप्ती नदीमा डुवेर दाङका दुई वालकको ज्यान गयो

राप्ती नदीमा डुवेर दाङका दुई वालकको ज्यान गयो

Written By Unknown on Saturday, June 4, 2016 | 5:46 AM


सन्तोषकुमार गुप्ता/जेठ २२, दाङ । देउखुरीमा पानीमा डुवेर दुई वालकको मृत्यु भएको छ ।

लमही नगरपालीका वडा नं. ९ वलरापुर स्थित राप्ती नदीमा नुहाउने क्रममा पानीमा डुवेर लमही नगरपालीका वडा नं. ११ निवासी अजमल सिद्धीकीका १२ बर्षिय छोरा असरफ सिद्धीकी र सोही ठाउँ निवासी निसार अहमदका छोरा १२ बर्षिय बब्लु सिद्धीकीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ ।

विहान खाना नखाई घर वाट निस्कीएका उनिहरु नुहाउन राप्ती नदीमा पुगेका थिए । नुहाउने क्रममा वालक नदीमा डुवेपछी लामो प्रयास पछी उनिहरुलाई पानीवाट वाहीर निकालेको थियो । मृतकको शव पोष्ट मार्टमकालागी प्राथमिक स्वाथ्य केन्द्र लमहीमा राखीएको छ ।

यसैविच शनिवार लमहीमा आयोजना गरिएको नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तिहाद संगठनको तेस्रो जिल्ला अधिवेशन समेत स्थगीत भएको छ । संगठनका नेता अजमल सिद्धीकीको छोराको पानीमा डुवेर मृत्यू भएपछी अधिवेसन उद्घाटन कार्यक्रम स्थगीत गरिएको वताइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger