Headlines News :
Home » » स्वर्गद्धारीको प्रवद्र्धन गर्न १२ जिल्लाका पत्रकार प्यूठानमा

स्वर्गद्धारीको प्रवद्र्धन गर्न १२ जिल्लाका पत्रकार प्यूठानमा

Written By Unknown on Friday, June 3, 2016 | 5:55 AM


केशर रोका/जेठ २१, प्यूठान । पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको पूण्यभूमि प्यूठानमा शुक्रवारदेखि संचालन भएको प्रदेश नम्वर ५ स्तरीय ‘मिडिया सम्मेलन’मा १२ जिल्लाका पत्रकार एवं संचारकर्मीहरु प्यूठान आएका छन् ।



स्वर्गद्धारी सहित जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन आज(शनिवार)सम्म संचालन हुने छ ।
सम्मेलनमा करिव २ सय पत्रकारहरु सहभागी भएको मूल आयोजक समितिका संयोजक एवं पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले जानकारी दिए । सम्मेलनमा प्यूठान सहित दाङ, रोल्पा, सल्यान, रुकुम, रुपन्देही, बाँके, बर्दिया, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीका पत्रकारहरु सहभागी भएका छन् ।

शनिवार औपचारिक उद्घाटन हुने सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बल बहादुर महत, नेकपा एमालेका पर्यटन प्रवद्र्धन विभाग प्रमुख एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, सामुदायिक रेडियो प्रशारक संघ(अकोराब)का अध्यक्ष मोहन चापागाई, नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणी गौतम लगाएत अतिथीहरु आउने कार्यक्रम रहेको पत्रकार महासंघ प्यूठानका सचिव महाविर रानामगरले जानकारी गराए ।

कार्यक्रममा प्यूठानका प्रमुख गन्तव्यहरु समेटिएको ‘भिडियो डकुमेन्ट्री’ प्रस्तुत, श्रमजीवि पत्रकारहरुका पेशागत सुरक्षा लगाएतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
त्यस्तै, महासंघका निवर्तमान अध्यक्ष शुसिल पोख्रेलले जिल्लाका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा संचारमाध्यमको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने संंघले जनाएको छ । कार्यक्रम स्वर्गद्धारीको आधारशिविर भिंगृ जलुकेमा हुनेछ । उज्यालो लालटिनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger