Headlines News :
Home » » दाङमा खुकुरी सहित २ जना पक्राउ, कैद तोकीएका ३ दोषी पनि प्रहरी फन्दामा !

दाङमा खुकुरी सहित २ जना पक्राउ, कैद तोकीएका ३ दोषी पनि प्रहरी फन्दामा !

Written By Unknown on Wednesday, June 29, 2016 | 5:14 AM


असार १५, दाङ । दाङमा प्रहरीले खुकुरी सहित दुई जनालाई पक्राउ गरेको छ । घोराही नगरपालिका ७ बस्ने तिलबहादुर बुढालाई खुकुरी देखाई गालीगलौज र कुटपिट गरेको अभियोगमा खुकुरी सहित घोराहीका दुई जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
पक्राउ पर्नेहरुमा घोराही नगरपालीका १० बस्ने १८ बर्षिय संजय बुढा र सोही ठाउँका दिपेश बुढा रहेका छन् । पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ बमोजिम मुद्धा दर्ता गरी कार्वाही गरिने प्रहरी प्रबक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिए ।

फरार दोषि पक्राउ
यसैविच दाङ प्रहरीले अदालतबाट कैद सजाय तोकिएका तर फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट परिचालित बिशेष टोलीले लागु औषध मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७२ साउन २४ गते एक महिना ४ दिन कैद र ५ हजार जरिवाना फैसला भएको घोराही १० मिलनचोक बस्ने सुदन रोका मगरलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

त्यस्तै अदालतबाट २०६२ जेठ ५ गते ५ महिना ६ दिन कैद र १ हजार ८ सय जरिवाना भएका धर्ना ७ बस्ने लिलाबहादुर खत्री र २०७० माघ ७ गते ६ दिन कैद सजाय तोकेका घोराही १० बस्ने सुनिल गुरुङलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger