Headlines News :
Home » » दाङमा साथीको हत्या गर्ने २ जना किशोर पक्राउ

दाङमा साथीको हत्या गर्ने २ जना किशोर पक्राउ

Written By Unknown on Thursday, June 23, 2016 | 5:01 AM


घोराही,९-असार । दाङको घोराही नगरपालिका ९ रातामाटाका एक किशोरको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।



यही असार ६ गते रातामाटाका १६ बर्षिय अर्जुन सुनारको जंगलमा शब फेला परेको थियो । घरबाट हराएका सुनारको घोराही नगरपालिका १० मा पर्ने मनकामना महिला सामुदायिक वनमा सडेको अबस्थामा शब फेला परेको थियो ।

शबको प्रकृती हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गर्दै जाँदा दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक एसपी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ पर्नेहरुमा रातामाटाकै १६ बर्षिय शुसिल चौधरी र घोराही नगरपालीका ७ का प्रकाश सुनार रहेका छन् ।

उनिहरुले नै अर्जुन सुनारको हत्या गरेको अनुसन्धानबाट खुलेको र अभियुक्तहरुले पनि स्विकार गरेको एसपी सिंहले बताए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको चौधरी र सुनारलाई आजै म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

व्यक्तिगत रिसिईबीका कारण कुटपिट हुदा अर्जुनको मृत्युभएपछि जंगलमा लगेर फालेको प्रक्राउ परेकाहरुले बयान दिएका छन् । पहिले देखी नै ति किशोरहरु बिच झगडा हुदै आएको र कुटपिट पछि मृत्युभएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख एसपी सिंहले बताए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger