Headlines News :
Home » » दाङमा कुखुरापालनबाट ८१ करोड ९६ लाख बढी आम्दानी

दाङमा कुखुरापालनबाट ८१ करोड ९६ लाख बढी आम्दानी

Written By Unknown on Thursday, June 23, 2016 | 5:13 AM


नवीन अभिलाषी/असार ९, दाङ । केही वर्षदेखि दाङमा कुखुरा व्यवसाय फस्टाउँदै गएको छ । नेपाल व्यवसायीक कुखुरापालन सर्वेक्षण २०७१/०७२ का अनुसार दाङमा १ हजार ५६ वटा फर्ममा कुखुरापालन भइरहेको छ । जसमध्ये ९७ प्रतिशत ब्रोइलर फर्म, ३ प्रतिशत लेयर्स फर्म र सुन्य दशमलव १ प्रतिशत ह्याचरी फर्ममार्फत् कृषकहरुले कुखुरापालन व्यवसाय गरिरहेका छन् । तर, जोखिम मोलेर कृषकहरुले कुखुरा पालन व्यवसाय गरेको पाइएको छ ।



लाखांै रुपैयाँको लगानीमा सञ्चालित कुखुरा फर्महरु नत सम्बन्धित निकायमा दर्ता भएका छन् न त कुखुराहरुको विमा गरिएको छ । जसले गर्दा कृषकहरुको लगानी जोखिममा रहेको छ । नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लामा करिव २३ लाख कुखुरा पालिएको छ । लगानी, उपचार औषधि र हेरचाहमा ठूलो रकम खर्च हुने गरेको भए पनि बिमातर्फ कृषकहरुको ध्यान खासै जान नसकेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले २०७० पुस १६ देखि २०७१ पुस १५ गतेसम्म गरेको सर्वेक्षणमा दाङ जिल्लामा सञ्चालनमा रहेका व्यवसायीक कुखुरा फर्महरुमध्ये २१ प्रतिशत मात्र दर्ता भएका छन् । यसरी दर्ता भएका फर्ममध्ये जिल्ला पशु सेवा कार्यालयमा १ प्रतिशत, घरेलु तथा साना उद्योग कार्यालयमा ५३ प्रतिशत, नगरपालिका तथा गाविसहरुमा २९ प्रतिशत र अन्य निकायहरुमा १७ प्रतिशत दर्ता भएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अम्विका बस्यालले जानकारी दिनुभयो ।

बस्यालका अनुसार कृषकहरुको लगानी सुरक्षित गर्न सरकारले कुखुराको विमा कार्यक्रम सञ्चालन गरेको लामो समय भए पनि दाङमा विमा गर्नेहरु कम रहेका छन् । गत आर्थिक वर्षमा जिल्लाका ११ हजार ६ सय ३४ वटा कुखुराको मात्रै विमा गरिएको भन्दै पशु सेवा कार्यालय दाङका प्रमुख डा. जगतबहादुर सिंखडाले यो आर्थिक वर्षमा भएको विमा कार्यक्रमको तथ्याङ्क अझै प्राप्त नभएको बताउनुभयो । कुखुराको विमा कार्यक्रमबारे कृषकहरुमा बिस्तारै जानकारी हँुदै गएको भन्दै उहाँले ४४ लाख २८ हजार रुपैयाँ बराबरको विमा भएको जानकारी दिनुभयो ।

त्यस्तै विमाले कृषकहरुको लगानी सुरक्षित हुने भन्दै डा. सिंखडाले सरकारले विमाको ७५ प्रतिशत र कृषकहरुले जम्मा २५ प्रतिशत मात्र रकम बुझाउनुपर्ने जानकारी दिनुभयो । विमा प्रक्रियाको बारेमा बताउँदै उहाँले पहिले कुखुराको मुल्य निर्धारण गर्ने र त्यस मुल्यको पाँच प्रतिशतमध्ये ७५ प्रतिशत सरकारले र २५ प्रतिशत कृषकहरुले विमा रकम गर्नुपर्ने बताउनुभयो । व्यवसाय सञ्चालनका लागि सरकारबाट अनुदान प्राप्त गर्ने आशा नभएकाहरुले फर्महरु दर्ता गर्न नमान्ने गरेको कार्यालयका प्रमुख डा. सिंखडाले बताउनुभयो ।

व्यवसाय सञ्चालनका लागि सहज र सरल प्रक्रियाबाट ऋण प्राप्त गर्न नसक्नु, मासु तथा अण्डा खपतका लागि बजारको व्यवस्था नहुनु, कृषकहरुका लागि प्राविधिक तालिमको अवसर नभई हचुवा र देखेकै भरमा व्यवसाय सञ्चालन गर्नुपर्ने, गुणस्तरिय चल्ला, दाना र औषधिहरुको व्यवस्था नहुनु, सरकारले मुल्य निर्धारण नगर्दा जथाभावी रुपमा कारोबार गर्नुपर्नेलगायतका समस्याहरुले गर्दा कुखुरापालन व्यवसायमा जोखिम तथा चुनौती देखिएको छ ।

दुईवर्ष पुरानो तथ्याङ्क सार्वजनिक

केन्द्रीय तथ्याङ्क विभागले २ वर्ष पहिले गरेको व्यवसायीक कुखुरापालन सर्वेक्षण सार्वजनिक गरेको छ । व्यवसायीक रुपमा कुखुरापालन हुने नेपालका ६४ जिल्लामा गरेको सर्वेक्षणको बारेमा दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको छ । आर्थिक उपार्जनका लागि वार्षिक रुपमा ५ सय भन्दा बढी कुखुरापालन गर्नेहरुको तथ्याङ्क संकलन गरेर सार्वजनिक गरेको हो ।

व्यवसायीक रुपमा ब्रोइलर कुखुरा उत्पादन गर्ने जिल्लाहरु मध्य दाङ देशकै छैठांै स्थानमा रहेको पाइएको छ, भने अण्डा उत्पादनमा चौथो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कका अनुसार वार्षिक रुपमा ४ हजार ७ सय मेट्रिक टन जिउँदो मासु र ४ करोड २३ लाख ३२ हजार गोटा अण्डा उत्पादन हुने गरेको छ । कृषकहरुले कुखुराबाट ८१ करोड ९६ लाख ९५ हजार ५ सय ७९ रुपैयाँ, अण्डाबाट ४० करोड ३ लाख ७२ हजार र मल बिक्रिबाट ७१ लाख ५२ हजार ४ सय ७९ रुपैयाँ प्राप्त गरेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अम्विका बस्यालले जानकारी दिनुभयो ।

नेपालमा २०३१ सालदेखि सुरु भएको कुखुरा व्यवसाय दाङमा त्यसको ठीक १० वर्षपछि २०४१ सालबाट सुरु भएको थियो । तर, २०६१ देखि २०७० सम्म दाङ जिल्लामा कुखुरा व्यवसाय उल्लेख्य रुपमा बृद्धि भएको अध्ययनले देखाएको छ ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायण भुसाल, कुखुरा व्यवसायी संघका अध्यक्ष मिनु गिरी, कुखुरा व्यवसायी अञ्जन पौडेललगायतले तथ्याङ्कलाई अध्यावधिक गर्दै लैजानुपर्ने बताउनुभएको छ । दुईवर्ष पुरानो तथ्याङ्क भएकाले त्यस भन्दा यता धेरै परिवर्तन भएको भन्दै तथ्याङ्लाई पनि परिवर्तन गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।

फर्ममा महिलाको स्वामित्व न्यून

व्यवसायीक रुपमा सञ्चालनमा रहेका कुखुरा फर्महरुमा महिला सञ्चालकहरु न्यून देखिएको छ । देशभरका कुखुरा फर्महरुमा महिला सञ्चालकहरु जम्मा १४ प्रतिशत रहेका छन्, भने दाङमा १२ प्रतिशत महिलाहरु रहेका छन् । जिल्लामा ८८ प्रतिशत पुरुषहरुको स्वामित्वमा फर्महरुमा सञ्चालन भइरहेको छ । तर, कामदारका रुपमा महिला पुरुष दुवैको संख्या बराबर देखिएको छ । व्यवसायमा २ हजार ६ सय ९ कामदारहरु संलग्न रहेका छन्, भने त्यसमध्ये महिलाहरु १ हजार १ सय ५७ कामदारका रुपमा रहेका छन् । तर, पुरुषहरुमा १ हजार ४ सय ५३ जना रहेका छन् ।dangkhabarबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger