असार ९, काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ– मुग्लिन सडकखण्ड खुलेको छ ।
पहिरोले अवरुद्ध भएको १३ घण्टापछि बाटो खुलेको हो । चण्डिभञ्ज्याङ–६ मा बधबार राति ९ बजे खसेको पहिरो हटाएपछि बिहीबार बिहान साढे १० बजे पछि बाटो खुलेको प्रहरीले जनाएको छ ।
धेरै समय सवारी साधनहरु रोकिएकोले सडकमा गाडीको चाप छ । नारायणगढ– मुग्लिन सडकखण्डमा सधैँजसो पहिरो जाँदा यात्रु समस्यामा पर्ने गरेका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment