Headlines News :
Home » » तुलसीपुर पातुखोलाबाट चार वटा ट्याक्टर र जेसीवी प्रहरीको नियन्त्रणमा

तुलसीपुर पातुखोलाबाट चार वटा ट्याक्टर र जेसीवी प्रहरीको नियन्त्रणमा

Written By Unknown on Wednesday, June 29, 2016 | 5:33 AM


बसन्त परियार/असार १५, दाङ । तुलसीपुरको पातुखोलाबाट अवैध रुपमा खोला जन्य बस्तुको उत्खनन् गरिरहेका ५ वटा साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।



ईलाका प्रहरी कार्यालय तुलसीपुरले गएराति चार वटा टेक्टर र एउटा जेसेबी नियन्त्रणमा लिएको कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

प्रहरी निरीक्षक रोकाका अनुसार लु २ त ३२८२, लु २ त ३२४६ लु २ त ५५३४ ,लु १ त ७३३० नम्बरको ट्रेक्टर र रा १ क २९४ नम्बरको जेसेबी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सबै साधनलाई आज कानुनी कारवाहीका लागि जिल्ला विकास समितिमा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला विकास समितिको नियम अनुसार प्रति ट्रेक्टर ५ हजार र प्रति जेसेवी २५ हजार जरिवानाको व्यवस्था छ । यस अघि गएको शुक्रबार तुलसीपुर क्षेत्र अन्र्तगत सितलपुरको ववई नदीबाट ६ वटा उत्खनन्मा प्रयोग भएका त्यस्ता साधन नियन्त्रणमा लिइएको थियो ।

जिल्लाका विभिन्न स्थानवाट  प्रहरीले एक हप्ताको अवधिमा ४० वढी प्रतिवन्धित स्थानवाट उत्खनन् गर्दै आएका साधनहरु नियन्त्रणमा लिइसकेको छ । जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरज प्रताव सिंह नयाँ एसपीका रुपमा सरुवा भएर आएपछि धमाधम कारवाहीको प्रक्रिया अगाडि बढेको छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger