Headlines News :
Home » » प्रहरीको छापापछि दाङका म्यानपावर सञ्चालकहरुको भागाभाग, यी हुन् २६ ओटा अबैध म्यानपावरहरु !

प्रहरीको छापापछि दाङका म्यानपावर सञ्चालकहरुको भागाभाग, यी हुन् २६ ओटा अबैध म्यानपावरहरु !

Written By Unknown on Wednesday, June 29, 2016 | 5:51 AM


असार १५, दाङ । प्रहरीले दाङका म्यानपावर कम्पनीहरुमा छापा हान्न सुरु गरेपछि म्यानपावर व्यवसायीहरुमा भागाभाग सुरु भएको छ ।

अवैध रुपमा म्यानपावर कम्पनीहरु सञ्चालनमा आएको जानकारी आएपछि प्रहरीले म्यानपावर कम्पनीमा छापा हान्न सुरु गरेपछि अबैध रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुमा भागाभाग सुरु भएको हो ।

प्रहरीले पहिलो चरणमा जिल्लाको घोराहीमा रहेका म्यानपावर कम्पनीमा छापा हान्न सुरु गरेको र यो क्रमलाई निरन्तरता दिने जनाएको छ । जिल्लाका म्यानपावर कम्पनी माथि छानबिन गरेर अवैध रुपमा सञ्चालनमा आएको पाइए कारबाहीका लागि बैदेशीक रोजगार विभाग काठमाडौंमा पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता दाङको घोराहीमा मात्रै २६ वटा म्यानपावर कम्पनीहरु अवैध रुपमा सञ्चालनमा आएको खुलासा भएको छ । दाङ जिल्ला म्यानपावर व्यवसायी संघमा दर्ता भएर सञ्चालनमा आएका ४७ वटा मध्ये दर्ता नभएका र दर्ता खारेज भएका २६ वटा म्यानपावर रहेको जनाइएको छ । यी २६ मध्ये द् रिभरका सञ्चालक चन्द्र घर्तीलाई प्रहरीले पक्राउ गरेसँगै अन्य सञ्चालकहरुमा भागामाग सुरु भएको छ ।

दर्ता नभएका र दर्ता खारेजीमा परेका घोराहीका म्यानपावर कम्पनी 

१ कोशी ईन्टरनेशनल प्रालि घोराही
२ राज ओभरसिज प्रालि घोराही
३ आर्कषण म्यानपावर घोराही
४ ट्रष्ट नेपाल म्यानपावर घोराही
५ द् रिभर घोराही
६ लक्की ओभरसिज प्रालि घोराही
७ खम्बु ओभरसिज प्रालि घोराही
८ खोजी म्यानपावर घोराही
९ एस.ओ.एस. म्यानपावर घोराही
१० सिद्धार्थ बुद्ध घोराही
११ प्याराडाइज घोराही
१३ फोकस नेपाल घोराही
१४ कञ्चन म्यानपावर घोराही
१५ वि.एस. ओभरसिज घोराही
१६ त्रिवेणी घोराही
१७ अञ्जली घोराही
१८ फ्लोरिड घोराही
१९ त्रिकोण घोराही
२० एस.आर. के ओभरसिज घोराही
२१ पिजन ओभरसिज घोराही
२२ सम्पदा ओभरसिज घोराही
२३ सेफल्याण्ड ओभरसिज घोराही
२४ साकुरा ओभसिज घोराही
२५ पुकार म्यानपावर घोराही
२६ वि.एस. ओभरसिज घोराही

स्रोत: दाङखबर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger