Headlines News :
Home » » दाङमा एनसेल टावर ध्वस्त पारेको आरोपमा विप्लब माओबादीका चार नेतालाई प्रहरीले मुद्धा चलायो

दाङमा एनसेल टावर ध्वस्त पारेको आरोपमा विप्लब माओबादीका चार नेतालाई प्रहरीले मुद्धा चलायो

Written By Unknown on Tuesday, June 14, 2016 | 6:04 AM


जेठ ३२, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एनसेलको टावरमा आगजनी गरेको अभियोगमा विप्लव माओबादीका ४ जना जिल्ला सदस्यलाई दुरसंचार प्रणाली ध्वस्त पारेको शिर्षकमा मुद्धा दर्ता गरी कार्वाही प्रकृया सुरु गरेको छ ।



लक्ष्मीपुर १ चौपट्टा, लमहि ४ श्रीगाउँ, तुलसीपुर १० डाँडाखुटी र धनौरी ९ रगैचाँमा रहेको एनसेलको बेस स्टेशनमा आगजनी गरेको अभियोगमा दाङ प्रहरीले नेकपा माओबादीका ४ जना जिल्ला सदस्यलाई हिजो पक्राउ गरेको थियो ।

असार २९ गते राती चौपट्टा र लमहीको श्रीगाउँ एनसेल टावरमा आगजनी गरेको अभियोगमा लमही ८ बस्ने ४२ बर्षिय पुर्णप्रसाद खनाल र सिसहनिया ५ बस्ने ४४ बर्षिय यामलाल कटुवाललाई दुर संचार प्रणाली ध्वस्त पारेको शिर्षकमा जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता र म्यादथप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै ३० गतेराती तुलसीपुर नगरपालिका १० डाँडाखुट्टी र धनौरी ९ रगैचामा रहेको टावरमा आगो लगाएका त्रिपुर नगरपालिका ७ बेल्वार बस्ने भिमबहादुर बि.क. र घोराही नगरपालिका ११ बस्ने (ज्वाला) भन्ने बिक्रम खतिवडालाई पक्राउ गरि दुर संचार प्रणाली ध्वस्त पारेको शिर्षकमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्धा दर्ता तथा म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

एनसेल टावरमा आगो लगाई फरार भएको अभियुक्तहरुलाई गोप्य सुचनाको आधारमा पक्राउ गरी अनुन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिए । उता नेकपा माओबादी दाङले भने आशंकाकोभरमा आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गर्दैआएको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger