Headlines News :
Home » » दाङमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाईते, १ को अवस्था चिन्ताजनक

दाङमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाईते, १ को अवस्था चिन्ताजनक

Written By Unknown on Saturday, June 11, 2016 | 11:05 PM


जेठ ३०, दाङ  । घोराही सडक खण्डको हात्तिखौवा नजिक आइतवार विहान भएको दुर्घटनामा परि तीन जना घाईते भएका छन् ।



घाईते मध्ये मोटरसाईकल चालक तुलसीपुर ६ मोतिपुर निवासी १९ वर्षीय विदुर भण्डारी गंभिर घाईत भएका छन् । मोटरसाईकमा सवार मोतिपुर कै २२ वर्षीय निमबहादुर दमाई र २४ बर्षीय डम्मर दमाईलाई हातखुट्टा र छातिमा चोट लागेको छ ।

तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको रा १ त १४१० नम्वरको ट्रेक्टरले विपरित दिशावाट आउँदै गरेको बा ३९ प ७२३१ नम्वरको मोटरसाईकलाई आइतवार विहान ९ बजेरित ठक्कर दिँदा मोटरसाईकलमा सवार तीन जना घाईते भएका हुन ।

गत शुक्रवार मात्रै तुलसीपुर–घोराही सडक खण्डको विजौरी ५ विजौरीमा पनि ट्रेक्टरको ठक्करवाट मोटरसाईकलमा सवार सशस्त्र प्रहरीका हवल्दार दम्पत्तिको मृत्यु भएको थियो । उक्त घटना लगतै फेरि त्यस्तै प्रकृतिको घटना हुँदा तुलसीपुर घोराही सडक खण्डमा यात्रा गर्नु निकै जोखिम पूर्ण छ भन्ने पुष्टि गर्छ ।

सडक खण्ड साँगुरो हुुन, चालकले ट्राफिक नियमको पालना नगर्नु, अत्यधिक गतिमा चलाउनु, सडकको अवस्था ठिक नहुनु , सवारी साधनको चेक जाँच र मर्मत संभारमा चासो नदिनु जस्ता कारणहरुले गर्दा दुर्घटना हुने गर्छ ।

दिनहुँ जसो काहाली लाग्दा दुर्घटना हुने गरेको भएपनि ट्राफिक प्रहरी र सरोकारवालाहरुको दुर्घटना न्यूनिकरणका लागि आवश्यक सचेतना फैलाउन आवश्यक चासो दिएका छैनन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger